site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपामा सैद्धान्तिक विवाद: ईश्वर भन्छन्– हाँस न कुखुराको चाल, प्रचण्ड भन्छन्– माथापच्ची नगरौँ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सिद्धान्तको प्रश्नलाई लिएर छेडखान शुरू भएको छ । 

पार्टी निकट दुई युवा संघ एक हुनै लाग्दा बुधबार युवा संघ, नेपालले स्थापनाको २९ औँ वर्षगाँठ मनायो । वक्ताका रूपमा रहेका नेकपा नेता ईश्वर पोखरेलले पार्टीले सिद्धान्तको विषय टुंग्याउन नसक्दन विचारका हिसाले नेकपा हाँस न कुखुराको चालमा देखिएको बताए । 

कार्यक्रमको मुख्य वक्ताका रूपमा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र राजनीतिक कार्यदिशा आधारभूत रूपमा मिलेकाले पार्टी एक भएको बताए । कार्यक्रममा प्रचण्डले हिजोकै विचार, दृष्टिकोण र सिद्धान्त बोकेर हिँडे जडसूत्र होइने भन्दै परिवर्तित सन्दर्भमा नयाँ विचार र दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको संकेत तत्कालीन नेकपा एमालको पाँचौं महाधिवेशनबाट पारित राजनीतिक, वैचारिक कार्यदिशा जनताको बहुदलीय जनवादतिर थियो । पछिल्लो समय नेकपामा दुईथरी धार देखा परेको छ । पूर्वमाओवादी केन्द्र धारले अबको राजनीतिक विचारधारा समाजवाद हुनुपर्ने तर्क अघि सारेको छ भने पूर्वएमालेले मदन भण्डारीले तयार पारेको सैद्धान्तिक कार्यदिशा जनताको बहुदलीय जनवादमै टेकेर जनताको जनवाद बनाइनुपर्ने तर्क अघि सारेको छ ।

तर, नेता ईश्वर पोखरेलले भने सबैका राम्रा विचार, दृष्टिकोण अवलम्बन गर्दैजाँदा निजत्व नरहने र हाँसको चाल न कुखुराको चाल हुने टिप्पणी गरेका थिए । उनले विचार र सिद्धान्त टुंगो नलागेसम्म नेकपा जतिसुकै ठूलो भए पनि त्यसले समाजवादी लक्ष्य भेदन गर्न नसक्ने बताए ।

Global Ime bank

“विचारमा स्पष्ट नहुँदा विश्वका ठूल्ठूला कम्युनिस्ट पार्टी पुँजीवादीहरूको एक गोली नखाइए ढले,” उनको भनाइ थियो । प्रचण्डले भने कम्युनिस्ट आन्दोलनमा जडसूत्रवाद देखा पर्ने र त्यसले रुसमा लेनिन, चीनमा माओत्सेतुङ, भियतनाममा होची मिन्ह, क्युवामा फिडेल क्यास्ट्रोले गरेकै क्रान्ति गर्नुपर्छ भनेर विचारमा एक्लै किन नहोस् टसको मस नहुने तर्क गरे ।

आजको कम्युनिस्ट मुख्य चुनौती नै यही विचारधारा भएको उनको दृष्टिकोण थियो । प्रचण्डले एकता केन्द्र मशाल गठनदेखि नै आफूमा वैचारिक गतिशिलता रहेको र पार्टी गठन र विघटन तथा पछिल्लो नेकपा गठन त्यसैको कडी भएको बताए ।

“कतिपयले मलाई अस्थिर भन्छन्,” खचाखच भरिएको हलतिर फर्किएर प्रचण्डले भने, “म तपाईंहरूसामु उभिएर सम्बोधन गर्दैछु, मलाई आरोप लगाउनेहरू कहाँ छन्, आफैँ विचार गर्नुहोला ।”

उनले मोहन वैद्यतिर संकेत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC