site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ सेना अझ बढी शक्तिशाली बन्दैछ ? के–के गर्दैछ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ राष्ट्रपति जिनपिङको शाषनमा बेइजिङले सैन्य क्षेत्रतर्फ धेरै प्रगति गरिसकेको छ । चीनको पिपुल्स लिबरेसन आर्मीले १९८० देखि नै चिनियाँ हतियारहरु वृद्धि गर्दै आधुनिकीकरण तर्फ जोड दिँदै आइरहेको थियो तर जिनपिङले भने यसै प्रक्रियाको गति बढाउँदै लडाईँमा केन्द्रित रहेर भविष्यका सबै युद्ध जित्ने किसिमले सेना तयार पारिरहेका छन् । यस अन्र्तगत मंगलबार मात्र चिनियाँ सरकारले सैन्य बजेटलाई ७.५ प्रतिशतले बढाउने घोषणा गरेको हो ।

तर आर्थिक रुपमा विश्वकै सबैभन्दा सम्पन्न सेना भएपनि अमेरिकाको तुलनामा अझैपनि चिनियाँ बजेट धेरै कम हुन पुग्छ । हाल अमेरिकाको सैन्य बजेट ५९७ अर्ब डलर रहेको छ भने चीनको २२८ अर्ब डलर छ । यसमाथि गत डिसेम्बरमा मात्र राष्ट्रपति ट्रम्पले रक्षात्मक बजेटलाई वृद्धि गर्न सहमति जनाउँदै २०१९ मा ७५० अर्ब डलर सेनामा लगानी गरिने बताएका हुन् । तरपनि चिनियाँ शाषनको इतिहासमै जिनपिङले जति कसैले पनि यस स्तरको सैन्य विकास गर्न नसकेको विश्लेषकहरु बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हाल अमेरिका र चीनपछि साउदी अरब, भारत र रुसले पनि सेना तथा हतियारमा उल्लेखनीय लगानी गरिरहेका छन् । तर चीनसँग अन्य कुनै राष्ट्रले विकास गर्न नसकेका हतियार भएकाले पनि अन्तराष्ट्रिय समुदायले चीनको सैन्य क्षमतालाई गम्भीर रुपमा लिने गरेको छ । 

यसरी केही वर्ष अगाडिका तथ्याङ्क हेर्दा पनि चिनियाँ सैन्य क्षेत्र कति तिव्र गतिमा अघि बढिसकेको छ भन्ने स्पष्ट हुन्छ । २०१७ मा मात्र चीनले ३२ वटा लडाकू जहाज चालू गरेको थियो भने यता अमेरिकाले केबल १३ मात्र तैनाथ गरेको हो । यसैगरी २०१४ देखि भारत, स्पेन, ताइवान र बेलायतका नौसेनामा सेवारत जहाजको तुलनामा पनि चीनले धेरै सङ्ख्यामा लडाकू पनडुब्बी र अन्य सैन्य उपकरणहरु लन्च गरिसकेको छ । यसरी चिनियाँ नौसेनाले अत्यन्तै छोटो समयमा एकदमै धेरै लडाकू जहाजहरु प्राप्त गरिरहेको छ ।

Global Ime bank

त्यस्तै लडाकू विमानको विकासमा पनि चीनले नियमित प्रगति गरिरहेको छ । अहिले नै बेइजिङको हवाइ फोर्स एसियाकै सबैभन्दा विशाल मानिन्छ भने विश्वभरमा तेस्रो ठूलो रहेको बताइएको छ । यसरी अमेरिका र चीनका सैन्य क्षमताको धेरै तुलना हुने गरेपनि दुवै देशका सरकारको उद्देश्य फरकफरक रहेको संचार माध्यम सिएनएनले जनाएको छ । यता वासिङटन अन्तराष्ट्रिय स्तरमा आफ्नो अग्रता कायम राख्न चाहान्छ भने बेइजिङ चाहिँ नजिकैका क्षेत्रहरुमा आफ्नो प्रभाव जारी राख्न चाहान्छ । त्यस्तै चीनले दक्षिण चिनियाँ समुद्रमा आफ्नो नियन्त्रण कायम राख्नका लागि पनि सैन्य क्षमता वृद्धिमा बढी जोड दिने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC