site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धेरै पढ्ने बानी पार्न चाहनुहुन्छ ? लामो किताब रोज्नुस्
Sarbottam CementSarbottam Cement

एजेन्सी । अहिलेको समयमा मानिस धेरै भन्दा धेरै पढ्न चाहन्छ वा उनीहरुमा पढ्ने गर्नुपर्छ भन्ने सोच हुन्छ । सबैलाई टीभी हेरेर वा मोबाइल चलाउँदै गर्दा खेर गएको समय पढेर सदुपयोग गर्न सकेको भए हुन्थ्यो भन्ने लाग्छ । तर वास्तवमा अहिलेको वातावरणमा पढ्न सहज छैन । सामाजिक सञ्जाल लगायतका विभिन्न विकर्षणहरुले हाम्रो अधिकतम खालि समय लिइरहेको हुँदा किताबतर्फ हाम्रो कम ध्यान जान्छ । जस्तै केबल दुई पाना पढ्दा हामीले कैयौँपटक मोबाइल हेरिसकेका हुन्छौँ । यस्तोमा जोकोहीले पनि लगातार पढ्दा २८० शब्द भन्दा धेरै पुर्याउन नसक्ने स्वीकार्ने गरेका छन् । 
धेरै किताबहरु हामीले भोलि पढ्ने भन्दाभन्दै वर्षौँसम्म त्यसलाई समय दिन सकिरहेका हुँदैनौँ । त्यसैले एट्लान्टिककी वरिष्ठ सम्पादक तथा नियमित पाठक जुलिएट लेपिडोसले यो समस्याका लागि नयाँ उपाय सुझाएकी छन् । उनका अनुसार २१ औँ शताब्दीका मानिसहरुले धेरै पढ्न वा पढ्ने बानी विकास गर्न एकदमै लामो किताबको छनौट गर्नुपर्ने हुन्छ ।

कसैले पढ्ने बानी गुमाइसकेको छ भने यसको अर्थ सो व्यक्ति काममा, परिवारमा, टिभी, इन्टरनेट लगायतका कुरामा व्यस्त छ । यस्तोमा व्यस्तताका बीच हामीलाई छोटो किताब पढ्नु उपयुक्त लागेपनि वास्तवमा यसले सोचे जसरी काम नगर्ने उनको भनाइ छ । किनकी छोटा किताबहरु चाँडै सकाएपछि हामीले फेरि आफ्नो आँखा मोबाइल र रिमोर्टतर्फ पुर्याउन थाल्छौँ । उनका अनुसार नयाँ किताब सुरु गर्न हामीलाई सहज हुँदैन । त्यसैकारण हामीले त्यति पढेर फेरि आफूलाई मोबाइलमै व्यस्त गराउन थाल्छौँ । तर त्यसको ठाउँमा एकदम लामो किताब लिएको भए हामीले नयाँ किताब सुरु गर्नुपर्ने थिएन र पक्कै हाम्रो धेरै समय पढ्नमा बित्ने थियो भने त्यसबीच सामाजिक संजाल र फोनले हाम्रो अतिरिक्त समय लिने थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

तर यसमा अर्को कुरा पनि आउँछ – यदि हामी १०० पानाको किताबमा त केन्द्रित रहन सक्दैनौँ भने १ हजार पेजको किताब पढ्नुको कुनै अर्थ हुँदैन । दुवै किताब पढ्दा हामीलाई बारम्बार मोबाइल हेर्न मन लागिरहेकै हुन्छ । यसमा जुलिएटको तर्क यस्तो छ – जस्तै हामीलाई नयाँ किताबको पहिलो १०० पाना सुरु गर्न भन्दा पढिरहेको किताबको थप १०० पेज पढ्न सजिलो लाग्छ र ध्यान केन्द्रित गर्न पनि सहज हुन्छ ।

किनकि हामी किताबका पात्र, शैली र भाषासँग परिचित भइसकेका हुन्छौँ जबकि नयाँ सुरु गर्दा सबै फेरि बुझ्नुपर्ने हुन्छ । वास्तवमा मानिसलाई आफूसँग परिचित सामग्री जारी राख्न धेरै सहज लाग्छ । त्यसैले दुई वा तीनवटा छोटा किताबहरु पढ्दाको तुलनामा हामीले एउटा लामो किताब पढ्न १० घण्टाको समय निकाल्ने सम्भावना अधिक छ । किनभने छोटा किताबहरु सक्किए लगत्तै हामीमा अर्को नयाँ सुरु गरिहाल्ने प्रवृत्ति छैन । यसरी सो उपाय अपनाउना साथै हामीले आफूमा फरक पाउन सक्ने जुलिएटको भनाइ छ ।

Global Ime bank

त्यस्तै लामो किताब पढ्दै जाँदा मध्यम र अन्त्यतिर विषयप्रति हाम्रो रुची बढ्न पुग्छ जसकारण उत्सुकताका कारण पनि हामीमा किताब पढिरहने बानी विकास हुन्छ । यसमा हामीले नयाँ किताबको तुलनामा सबै पात्रहरुलाई राम्ररी बुझेको हुनाले पनि किताबमा ध्यान लगाइरहन त्यति कठिन हुँदैन । त्यसैले हामीलाई नयाँ किताब खोल्नबाट रोक्ने पक्षबाट टाढा रहन यस्तो तरिका अपनाउन सकिन्छ ।  द गार्जियन
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC