आजको राशिफल : मेष अत्युत्तम, मकर लाभदायक

२०७६, ज्येष्ठ २ गते  बिहिबार

मेष : दिन अत्युत्तम रहनेछ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो वातावरण बन्नेछ ।  

वृष : दिन राम्रो छ । शत्रु परास्त हुनेछन् ।  कार्यसम्पादनमा गति थपिनेछ । कर्म प्राप्ति हुनेछ । दीर्घकालीन काम बन्नेछ । 

मिथुन : दिन राम्रो छ । थोरै परिश्रमले धेरै सफलता हासिल हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । मनमा चिन्ता कम हुने देखिन्छ । 

कर्कट  : दिन प्रतिकूल छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । काममा ढिलाइ हुनेछ । मन डराउन सक्नेछ  ।  ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । 

सिंह  : दिन सजिलो छ । बौद्धिक कार्यप्रतिको चिन्ता हट्नेछ । उत्कृष्ट सम्मान मिल्नेछ । मन रमाउनेछ ।  सामाजिक दायित्व थपिनेछ । 

कन्या  : दिन सार्थक नै रहनेछ । सम्मान र सन्तोष दुवै मिल्नेछ । नयाँ काम पाइनेछ । आत्मबल बढ्नेछ । शत्रु पराजित हुनेछन् । 

तुला : दिन भाग्यवर्धक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । आटेको काम बन्नेछ शैक्षिक प्रगति हुनेछ । मुख्य काम हात लाग्नेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा  व्यवधान पैदा हुनेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।  

धनु : दिन अनुकूल छ । आटे ताकेको काम बन्नेछ । मान सम्मान तथा पुरस्कार मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकर : दिन लाभदायक रहनेछ । आयआर्जन बढ्नेछ । बौद्धिक कार्य प्रगति हुनेछ । अरूबाट सहयोग प्राप्त हुनेछ ।  

कुम्भ : दिन राम्रो छ । धार्मिक यात्रा र तीर्थव्रतको प्रसङ्क रहनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ । 

मीन  : दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न बनाउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । 
 

प्रतिकृया दिनुहोस
ad