site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ, घाइतेको थप उपचारका लागि कीर्तिपुर रिफर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको खुलासा भएको छ । कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेको खुलेको हो । उनलाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट बुधबार राति नै पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् । पक्राउ परेका भूजेललाई महानरीय प्रहरी परीसर काठमाडौं लगिएको छ । 

एसिड प्रहारको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो । अहिले थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको ओम अस्पतालले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ । 

सांकेतिक तस्बिर
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC