सँगै बस्न नमानेको भन्दै कालोपुलमा पत्नीमाथि एसिड प्रहार, अवस्था चिन्ताजनक 

सँगै बस्न नमानेको भन्दै कालोपुलमा पत्नीमाथि एसिड प्रहार, अवस्था चिन्ताजनक 

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार बेलुका श्रीमानले प्रहार गरेको एसिडका कारण गम्भीर घाइते भएकी छन् । कालोपुल नजिकै डेरा गरी बस्ने विष्णु भुजेलले श्रीमती जेनि खड्का सँगै बस्न नमानेको भन्दै एसिड प्रहार गरेको बयान दिएका छन् । प्रहरी परिसरको टोलीले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
एसिड प्रहारबाट घाइते भएकी खड्काको कीर्तिपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पक्राउ परेका श्रीमानले श्रीमती आफूसँग बस्न नमानेपछि एसिड प्रहार गरेको बयान दिएका छन् ।
 

प्रतिकृया दिनुहोस
ad