site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्य र पश्चिमी पहाडमा अपरान्हतिर वर्षा, शनिबारसम्म घामपानी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आज बिहान पश्चिमी तथा मध्य पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने जनाइएको छ । देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो शनिबारसम्म नै देशका कतिपय स्थानमा मौसम सफा हुने र कतिपय स्थानमा वर्षा हुने अवस्था रहेको जनाइएको छ । आगामी तीन दिन सम्म मौसम घामपानीको अवस्थामा रहने संकेत गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC