site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
६९ प्रतिशत फलोअरले इन्स्टाग्राम पोलमा मर्नुपर्छ भनेपछि मलेशियामा युवतीले गरिन् आत्महत्या
Ghorahi CementGhorahi Cement

एजेन्सी । मलेशियामा एक १६ वर्षीया युवतीले इन्स्टाग्राम पोलका कारण आफ्नो ज्यान लिएको खबर गरिएको छ । उनले आफ्नो इन्सटाग्राममा ‘मलाई जीवन कि मृत्यु भनेर छनोट गर्न मद्दत गर्नुस’ भनेर एउटा पोल राखेकी थिइन् । यसमा उनका फलोअरहरु मध्ये ६९ प्रतिशतले मृत्यु चयन गर्दै उनी मर्नुपर्छ भनि भोट गरेपनि उनले आत्महत्या गरेको बताइएको छ । 

यो घटनापछि अहिले उनका वकिलले उनलाई मर्नुपर्छ भनेर भोट दिने सबैलाई आत्महत्या गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी मान्न सकिने बताएका छन् । मलेशियाको उत्तरपश्चिम प्रदेश पेनाङका वकिल रामक्रपल सिङ्ग् भन्छन्, “यदि उनका फलोअरहरुले ‘जीवन’मा धेरै भोट गर्दै उनलाई मृत्युका लागि निरुत्साहित गरेको भए के उनी जिउँदै हुने थिइन् ? के उनीहरुले वास्तवमै तिनको ज्यान बचाउन सक्थे । अथवा प्रयोगकर्ताहरुले उनलाई मद्दत लिन सुझाव दिएको भए उनले आत्महत्या गर्थिन कि गर्थिनन् ? यसरी यो घटनामा प्रयोगकर्ताहरुको भोटले उनको मर्ने इच्छालाई वास्तवमै प्रभाव पारेको हो होइन भन्ने ठूलो प्रश्न खडा गरेको छ ।” मलेशियामा आत्महत्यालाई अपराधका रुपमा लिइने हुँदा यसका लागि प्रोत्साहन गर्नेहरुमाथि पनि सो कानुन लागु हुने उनको भनाइ छ । 

Agni Group

गत फेब्रुअरीमा मात्र इन्स्टाग्रामले स्वयमलाई क्षति पुर्याएको लगायतका संवेदनशील सामग्रीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । २०१७ मा एक १४ वर्षीया युवतीले इन्सटाग्राममा आत्महत्या र स्वहानि सम्बन्धी हेरेका तस्बिरहरु बाटै प्रभावित भएर आफ्नो ज्यान लिएको अभिभावले आरोप लगाएका थिए जसपछि नै इन्स्टाग्रामले यस्तो नीति जारी गरेको थियो ।  

यसरी आफ्नो प्लेटफर्मका प्रयोगकर्ताहरुको सुरक्षा सुनिश्चित गर्नु इन्स्टाग्रामको मुख्य जिम्मेवारी भएको हुँदा यसका लागि निरन्तर प्रयास जारी राख्ने कम्पनीले जनाएको छ । यस्तोमा सो घटनाप्रति दुःख व्यक्त गर्दै इन्स्टाग्रामले सबै प्रयोगकर्ताले सुरक्षालाई खतरामा पार्ने किसिमका व्यवहार वा जोखमयुक्त पोस्ट अनि तस्बिरहरु देखेमा तुरुन्तै आपत्कालीन सेवालाई खबर गर्न र रिपोर्ट गर्न आग्रह गरेको छ ।  द गार्जियनबाट 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC