सीपीएलको ड्राफ्टमा चार नेपाली खेलाडी

सीपीएलको ड्राफ्टमा चार नेपाली खेलाडी

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश भएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने तिब्र गतिका बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् ।

सन्दीपले गत सिजनको सीपीएल पनि खेलका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट सीपीएल खेलेका थिए । गत सिजन सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए । सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिनेछ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५  सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् ।  

प्रतिकृया दिनुहोस
ad