site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आयाक्स पाँच वर्षपछि लिग च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । आयाक्सले नेदरल्यान्डको शीर्ष डिभिजनको घरेलु लिगको उपाधि जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै डच क्लब आयाक्सले पाँच वर्षपछि आयाक्सले लिगको उपाधि जित्न सफल भएको हो ।
आयाक्सले पछिल्लो पटक सन् २०१४ मा लिग उपाधि उचालेको थियो । आयाक्सको यो घरेलु लिगमा ३४ औं लिग उपाधि हो ।

बुधबारको खेलमा आयाक्सलाई जित दिलाउन डुसान टाडिके दुई तथा लासे शान र निकोलसले एक एक गोल गरे । यता ग्राफ्सचापका लागि युसुफले एक गोल फर्काएका थिए । खेलको ३७ औं मिनेटमा लासे शानले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । तर, ४० औं मिनेटमा ग्राफ्सचापका युसुफले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा निकोलसले गोल गर्दै पुनः आयाक्सलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा दुबै गोल टाडिकेले गरे । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा ८७ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आयाक्सलाई ४–१ को फराकिलो जित दिलाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC