site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विपक्षीलाई खतरा हुन सक्छन् स्मिथ र वार्नर, विश्वकपमा चल्नसक्छ ब्याटिङको जादू
Sarbottam CementSarbottam Cement

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटका लागि आरोन फिन्चको कप्तानीमा रहेको अष्ट्रेलियाको टोली अभ्यासमा व्यस्त छ । विश्व क्रिकेटको वादशाह अष्ट्रेलियाका लागि यो विश्वकप अझ विशेष हुनेछ । अष्ट्रेलियाका लागि अवसर र चुनौती दुवै छ । सन् २०१९ विश्वकप उपाधि हात पार्न सके लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक उपाधि जित्न सफल हुनेछ । अष्टे«लियाका लागि सुखद् तर विपक्षी टिमका लागि खतरा सावित हुनसक्ने दुई खेलाडी हुन्, पूर्वकप्तान स्टेभन स्मिथ र डेभिड वार्नर । वल टेम्परिङमा एक वर्षे प्रतिबन्धपछि दुवैको राष्ट्रिय टोलीमा पुनरागमन हुँदैछ, त्यो पनि सोझै विश्वकपमा ।

विश्व क्रिकेटका दुई स्टारको टिम फिर्तीले अष्ट्रेलिया बलियो बनेको मात्रै छैन, उपाधिका लागि बलियो दाबेदारी राख्ने सन्तुलित टिमसमेत बनेको छ । एक वर्षको प्रतिबन्धपछि फर्किएका स्मिथ र वार्नरलाई अष्ट्रेलियालाई सफल बनाउन उत्तिकै चुनौती छ । तर अष्ट्रेलियाका पूर्वप्रशिक्षक डरिन लेहमनले दुई खेलाडीले विश्वकपमा ठूलो भूमिका खेल्ने दाबी गरेका छन् । 

गत मार्चमा प्रतिबन्ध फुकुवा भएपछि उनीहरुले हालै विश्वचर्चित क्रिकेट लिग इन्डियन प्रिमिएर लिग क्रिकेटमा खेलेका थिए । वार्नर सर्वाधिक रनकर्ता बन्दा स्मिथले पनि अन्तिम खेलहरुमा उत्कृष्ट लय समातेका थिए । विश्वकप खेल्ने विभिन्न टोलीको चर्चापछि आज हामीले अस्ट्रेलियाका स्मिथ र वार्नरबारे चर्चा गरेका छौं । 

Prabhu Bank
Agni Group
NIC Asia

स्टेभन स्मिथ 

विश्व क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानको पहिचान बनाएका स्टेभन स्मिथ अष्टेलियाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । २९ वर्षिय स्मिथ भरपर्दा क्षेत्ररक्षक पनि हुन् । १ सय ८ एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटको अनुभव बटुलेका स्मिथले ३४ सय ३१ रन बनाएका छन् । १ सय ६४ उच्च रन बनाएका स्मिथले ८ शतक र १९ अर्धशतक बनाएका छन् ।

Global Ime bank

१२ नम्बरको जर्सि लगाउने स्मिथले बलिङतर्फ २७ विकेट लिएका छन् । २०१० मा वेष्ट इन्डिजविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट सुरु गरेका स्मिथले २०१८ को जनवरीमा इङल्याण्डविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । लेगस्पिनर समेत रहेका स्मिथ २०१८ मा मार्चमा दक्षिण अफ्रिकाका टेष्टसिरिजमा बल टेम्परिङको आरोप लागेपछि प्रतिबन्धमा परेका हुन् । प्रतिबन्धका समय विभिन्न लिगमा आफूलाई अभ्यस्त बनाएका स्मिथले हालै इन्डियन प्रिमिएर लिग खेले । 

राजस्थान रोयल्सबाट खेलेका स्मिथले अन्तिम तीन खेलमा कप्तानी समेत गरेका थिए । राजस्थानबाट ७ खेल्दा स्थिमले २  खेलमा अर्धशतक बनाएका थिए । यस्तै न्युजिल्याण्डविरुद्धको सिरिजमा उनले ८९ र ९१ रन बनाएका छन् । 

डेभिड वार्नर 
अन्तरराष्ट्रिय क्रिकेटमा शानदार डेब्यु गरेका अष्टेलियाका पूर्वउपकप्तान डेभिन वार्नर विश्वक्रिकेटमा एक चर्चित खेलाडी हुन् । ३२ वर्षिय वार्नरले १ सय ६ एकदिवसीय क्रिकेटमा शानदार प्रदर्शन गर्दै ४ हजार ३ सय ४३ रन बनाएका छन् । क्रिजमा निर्धक्क ब्याटिङ गर्ने वार्नरको अहिलेसम्मको उच्च रन १ सय ७९ रन हो । 

१४ शतक र १७ अर्धशतक बनाएका वार्नरले ४ सय ५४ चौका र ७० छक्का प्रहार गरेका छन् । उमेर समूह हुँदै अष्टेलियाली क्रिकेटमा उदाएका वार्नर ओपनिङ ब्याट्सम्यान हुन् । २००९ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट करिअर सुरु गरेका वार्नरले अन्तिम पटक २०१८ जनवरीमा इङल्याण्डविरुद्ध सिरिज खेलेका थिए । त्यसपछि उनी मार्चमा प्रतिबन्धमा परेका थिए । 

प्रतिबन्धकाबीच विभिन्न लिग खेलेका उनले हालै आइपीएल खेले । १ वर्षपछि ठूलो लिग खेलेका वार्नर सर्वाधिक रनकर्ता बने । सनराइजर्स हैदरावादका लागि ७ खेल खेलेका वार्नर ६ सय ९२ रनसहित शिर्षस्थानमा रहे । आइपीएल अन्तर्गत लिगको पहिलो खेलमा किङ्स–११ पन्जाबविरुद्ध ८१ रन बनाएका उनले त्यसपछि ५ खेलमा अर्धशतक बनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC