अमेरिका । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । राष्ट्रपति मुन जेई इनसँग भेटवार्ता गर्न ट्रआगामी जुन महिनामा दक्षिण कोरिया जाने भएका हुन् । भेटवार्ताका क्रममा दुई नेताका बीचमा उत्तर कोरियालाई परमाणु हतियार नष्ट गर्नका लागि दबाब सिर्जनाका लागि चाल्न सकिने कदमका बारेमा छलफल हुने बताइएको छ ।
ह्वाइट हाउसले जारी गरेको बयानमा ट्रम्प र मुनबीच उत्तर कोरियालाई पूर्णतया परमाणु निशस्त्रीकरण गर्न अपनाउन सकिने विकल्पका बारेमा समन्वय जारी रहने उल्लेख छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि वक्तव्य जारी गरेर भनेको छ, ‘‘दुबै नेता कोरियाली प्रायद्वीपलाई पूर्ण परमाणु निशस्त्रीकरणका माध्यमबाट स्थायी शान्ति स्थापित गर्न वार्ता गर्ने छन् ।’’
ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा गत फेब्रुखरीमा भियतनामको राजधानी हनोईमा वार्ता भएको थियो । तर परमाणु निशस्त्रीकरण सम्बन्धि सम्झौतामा भने कुनै सहमति जुट्न सकेको थिएन ।