site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभापति आफैँ गुट चलाउन लाग्नुभएको छः नेता डा. कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले  शनिबार यहाँ आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले काङ्ग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए ।  

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उनले भने । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उहाँको भनाइ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि काङ्ग्रेस अग्रसर हुनुपर्दछ ।’’ 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताए ।  “काङ्ग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, काङ्ग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,”–उनले भने ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC