site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपा अध्यक्षात्मक प्रणालीमै जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षात्मक प्रणालीमै जाने भएको छ । पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको हालै सम्पन्न बैठकले आगामी महाधिवेशनपछि अध्यक्षमण्डल नरहने र पार्टीलाई अध्यक्षीय प्रणालीमा अगाडि बढाउने निर्णय गरेको हो । 

साथै पार्टीको अधिवेशन ३–३ वर्षमा गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी यसअघि वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य डेलिगेट्सहरुले सक्रिय सदस्यता लिनुपर्ने व्यवस्था नरहेकोमा अब उपरान्त वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा डेलिगेट्सहरुले निर्वाचित हुन साथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ । 

यसअघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब उपरान्त राजीनामा दिन अनिवार्य गरिएको छ । यसअघि पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरु बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसि सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाइएको छ । बैठकले पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधान अनुसार सोमबारदेखि लागु हुने गरी अनिलकुमार झा राजपा नेपालको संयोजक हुने निर्णय गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC