site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खालिदा जियाको स्वास्थ्य बिग्रियो, रिहा गर्न माग
Sarbottam CementSarbottam Cement

ढाका । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बन्दी जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था बिगिँ्रदै गएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । बीएनपीले आइतबार पत्रकार सम्मेलन गरेर तत्काल पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न माग गरेको हो । 

जीवन मरणको दोसाँधमा रहेकी जियालाई तत्काल रिहा गरेर सरकारले पर्याप्त मेडिकल सुविधा प्रदान गर्नुपर्ने बीएनपीको माग छ । पार्टीले शेख हसीना सरकारमाथि आरोप लगाउँदै गम्भिर स्वास्थ्य समस्यासँग जुधिरहेकी जियालाई जानीजानी उपचारबाट वञ्चित गरिएको बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बीएनपीका स्थायी समिति सदस्य जमीरुद्दिन सरकारका अनुसार एक्लोपन र पर्याप्त उपचार अभावका कारण जिया मुटु लगायत अन्य रोगबाट ग्रसित छिन् । तीन पटक बंगलादेशकी प्रधानमन्त्री रहिसकेकी ७३ वर्षिया जिया गत वर्षको फेब्रुअरी महिनादेखि ढाकामा दुई सय वर्ष पुरानो जेलमा बन्दी छिन् । 

उनलाई अदालतले भ्रष्टाचारका मामिलामा १० वर्षको जेल सजाय तोकेको छ । ‘ढाका ट्रिब्यून’ ले बीएनपीका स्थायी समिति सदस्य सरकारलाई उद्धृत गर्दै समाचारमा भनेको छ, ‘‘खालिदा जिया जिन्दगी र मृत्युको बीचमा फसेकी छिन् । खालिदालाई जेलमा राखिनु, उनलाई जमानत नदिनु संविधान र मानवाधिकार विपरीत छ ।’’ 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC