site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नियम मिच्ने चालकलाई पैसा लिएर छोड्ने ५२ प्रहरीलाई कारबाही
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं उपत्यकामा आचरणविपरित काम गर्ने ५२ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । 

विभिन्न सडकमा लेन मिच्ने, देब्रेतर्फबाट ओभरटेक गर्ने, मापसे गर्नेलगायत कसुरका चालकलाई पैसा लिएर छोड्ने क्रममा चालकसहित ती प्रहरीहरु कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष  ०७५-७६ मा यी संख्याका ट्राफिक प्रहरीलाई कारबाही गरेको महाशाखा प्रमुख, एसएसपी बसन्त पन्तले बताए । 

Agni Group

“ट्राफिक नियम मिच्ने चालकलाई कारबाहीको साटो पैसा लिएर छोड्ने विभिन्न पदका ५२ जना प्रहरीलाई कारबाही गरिएको हो,” पन्तले भने, “ती प्रहरीहरुलाई पदोन्नति रोक्नेसम्मको कारबाही गरिएको छ ।”

महाशाखाका  अनुसार उपत्यकामा दैनिक एक सय १२ जना चालक लेन मिचेको कसुरमा कारबाहीमा पर्ने गरेका छन् भने दैनिक ८९ जना चालक मापसे गरेको कारबाहीमा पर्ने गरेका छन् । 

Global Ime bank

०७४ वैशाख १ देखि उपत्यकामा हर्न बजाउन नपाइने नियम उल्लघंन गरेको कसुरमा यही वैशाखसम्म १२ हजार २७१ जना चालक कारबाहीमा परेका छन् । यस्तै गत पुसदेखि लागु भएको साना सवारीको ह्वील लक कारबाहीमा दुई हजार ८७६ वटा सवारीमा ह्वील लक कारबाही गरिएको छ । 

निषेधित स्थानमा पार्किङ गरी राखिएका ती सवारी कारबाहीमा परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC