site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपत्यकाबाट ३ पाङ्ग्रे र साना सार्वजनिक सवारी हटाइने, मोटरसाइकलको पछि बस्नेलाई हेलमेट अनिवार्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाइने भएको छ । टेम्पो र सानो आकारको माइक्रोको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता सवारी हटाउने भएको हो ।
कम सीसीका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेको महाशाखाको निष्कर्ष छ ।  यातायात व्यवस्था विभागले असारसम्ममा रुट तोकेर साना सवारीलाई पूर्णरुपमा हटाउने तयारी गरेको छ । साघुँरो सीट हुने भएकाले वृद्ध, वृद्धा र फरक क्षमता भएका यात्रुका लागि यी सवारी अनुपयुक्त देखिएको छ ।
हाल उपत्यकामा ६ हजार ३३० वटा टेम्पो र माइक्रो सञ्चालनमा छन् ।

“सहज सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन चुस्त राख्न साना सार्वजनिक सवारी हटाएर ठूला सवारी भित्¥याउने सरकारको नीतिअनुसार हामीले त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने भएका हौं,” महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले बताए । उपत्यकामा विभिन्न नयाँ रुट तोकेर ती रुटमा ठूला आकारका सार्वजनिक सवारी सञ्चालन गर्न यातायात व्यवस्था विभागले हाल सञ्चालनमा रहेका र नयाँ रुटको अध्ययन गरेको छ । 

Agni Group

हाल एउटै रुटमा साना र ठूला सवारी साधन सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढेको एसएसपी पन्तले बताए । “यही असारसम्म विभिन्न सूचना र जानकारी गर्ने र त्यसपछि यस्ता सवारीलाई उपत्यकामा सञ्चालनमा रोक लगाइने छ,” पन्तले भने ।  ५० मा ३९ सवारी प्रदुषित महाशाखाले सवारीको धुँवा परीक्षण गर्ने क्रममा उपत्यकामा अत्यधिक प्रदुषित सवारी साधन सञ्चालन हुने पाइएको छ ।

महाशाखाले सार्वजनिक सवारी र यातायातमा सुधार ल्याउन ३ महिनादेखि सञ्चालन गरिरहेको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानमा सवारीको धुँवा परीक्षण गरेको हो ।  जसमा ५० वटा सार्वजनिक सवारीको धुँवा परीक्षण गरिएकोमा ३९ वटा सवारीको धुवाँ मापदण्डभन्दा प्रदुषित पाइएको हो । हाल यातायात व्यवस्था विभागसँग रहेको १ थान धुँवा जाँच गर्ने मेशिनले ट्राफिक प्रहरीले धुँवा जाँच गरिरहेको छ । 

Global Ime bank

थप एउटा मेशिन विभागसँग मगाएको र चाँडै २ वटा मेशिनबाट धुँवा जाँच गरिने प्रमुख पन्तले बताए । सरकारले सवारीको धुवाँ परीक्षण गर्नका लागि पर्याप्त स्थान र कर्मचारीको व्यवस्था नगर्दा उपत्यकामा चल्ने अधिकांश सवारीको धुवाँ जाँच गर्न नसकिएको हो । 

पछि बस्नेले पनि हेलमेट लगाउनुपर्ने 

यसैबीच ट्राफिक महाशाखाले असारदेखि लागु हुनेगरी मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिएको जनाएको छ । “सडक दुर्घटनामा चालकलाई भन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखियो,” एसएसपी पन्तले भने, “त्यसैले यात्रुको सुरक्षाका लागि हामीले यस्तो व्यवस्था गर्न लागेका हौं ।”
यसका लागि गुणस्तर तथा नापतौल विभागले आइएसओ प्रमाणित गरेको हेलमेट प्रयोग गर्नुपर्नेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC