site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय खेलबारे सांसद नै अनभिज्ञ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सासंदहरुलाई नै राष्ट्रिय खेल कुन हो भन्नेबारे जानकारी नरहेको गुनासो गरेका छन् । आइतबार चन्द्रागिरी मेयर कपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शर्माले सांसदहरु नै राष्ट्रिय खेलबारे अनभित्र रहेको आरोप लगाएका हुन् । 

केही दिनअघि राज्यव्यवस्था समितिको बैठकमा गएका अध्यक्ष शर्माले राष्ट्रिय खेल कुन हो भनेर सोध्दा उपस्थित सांसद चुपचाप रहेको बताए । उनले सुनाए, “राष्ट्रिय खेल के हो भनेर सोध्दा देशको भूगोलका बारेमा जानकारी राख्ने सांसद सबै मुखामुख गर्न थाले । कतिपयले डन्डीबियो भने । कसरी भलिबलको विकासका लागि उनीहरुले बजेट छुट्याउन सहयोग गर्छन् । राष्ट्रिय खेलबारे सांसदलाई नै जानकारी छैन भने सर्वसाधारणलाई कसरी थाहा हुन्छ होला ? लाजमर्दो अवस्था छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दुई वर्ष बित्न लाग्दा पनि एक रुपैयाँ सहयोग नगरेको अध्यक्ष शर्माले गुनासो गरे । “सरकारले आजसम्म एक रुपैयाँ दिएको छैन । हामीले यताउति रकम जुटाएर कार्यक्रम गरिराखेका छौं,” अध्यक्ष शर्माले भने ।

प्रस्तावित खेलकुद ऐनमा समेत राष्ट्रिय खेल भलिबलबारे केही नलेखिएको उनले बताए । संघले अहिले खेलकुदसँग सम्बन्धित निकायको खेलकुद ऐनमा राष्ट्रिय खेल उल्लेख गर्न ध्यानाकर्षण गराउँदै आएको छ । पुष्ककमल दाहाल प्रधानमन्त्री तथा दलजित श्रीपाइली खेलकुदमन्त्री हुँदा २०७४ जेठ ८ गते बसेको मन्त्रीपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC