site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली खेलाडी आबद्ध सेतु सेन्ट्रल एसएसबीसँग भिड्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत आबद्ध सेतु भारतीय महिला लिग फुटबलको फाइनल प्रवेशका लागि भोलि सोमबार सेन्ट्रल एसएसबी वुमन्ससँग प्रतिस्पर्धा गर्दैछ । समूहको शिर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको तामिलनाडु क्लब सेतु कोलकाताको सेन्ट्रल एसएसबी वुमन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल लुधियानास्थित गुरु नानक स्टेडियममा हुनेछ ।  

समूह चरणका पाँच खेलसम्म पराजय भोग्न नपरेको सेतु उपाधि नजिक पुग्न चाहन्छ । त्यसैमा नेपालकी सावित्रा र भारतीय राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको सेतु उपाधि जित्ने लक्ष्यमा छ । 

Agni Group

समूह उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको सेन्ट्रल एसएसबी फाइनल पुग्ने रणनीतिमा छ । सेन्ट्रलले समूहका पाँचमध्ये एक खेलमा हार ब्यहोरेको छ भने बाँकी खेलमा जित दर्ता गरेको छ । सेतुको जितमा नेपालकी सावित्रा भण्डारीले ९ गोल गरेकी छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । शिर्ष स्थानमा मणिपुर पुलिस स्पोर्टस् क्लबकी बालादेबी छन् । उनले २२ गोल गरेकी छन् । 
यस्तै दोस्रो सेमिफाइनलमा गोकुलम केरला र मणिपुर पुलिस स्पोर्टस् आमनेसामने हुनेछन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC