काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनुअगावै ग्राहकलाई मूल्य वृद्धिको भार नपरोस् भनी प्रि–बजेट अफर प्रस्तुत गरेको छ । नेपालभर लागु गरिएको प्रि– बजेट अफर योजनामा ग्राहकले विभिन्न ८ आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् ।
प्रि बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्त गर्न सक्नेछन् । निःशुल्क एक्सेसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्म निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग लगाएतको व्यवस्था गरिएको छ ।
रेडि गो, न्यू गो, गो र गो प्लस गाडीमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि गाडीका विशेषता रहेका छन् ।