site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानले उक्साए हामी युद्धका लागि तयार छौंः साउदी अरब
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । गत साता मंगलबार साउदी अरबको प्रतिष्ठित तेल पाइपलाइनमा हवाई आक्रमण भएको थियो । आक्रमणमा यमनको सक्रिय हुती विद्रोहीलाई जिम्मेवार मानिएको छ । साउदीले इरानको आदेशमा उक्त आक्रमण भएको दाबी गरिरहेको छ । यमनको विद्रोही समूह हुती इरानतर्फ झुकाव राख्ने गर्दछ । 

दुई दिनअघि पनि साउदी अरबको तटमा रहेका दुई वटा तेल ट्याङ्कर र चार जहाजमा पनि क्षति पुर्याइएको थियो । आक्रमणका लागि इरान जिम्मेवार भएको साउदीको आरोपलाई इरानले खण्डन गर्दै आएको छ । 
साउदी अरबका विदेश मन्त्री अदेल अल–जुबैरले पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो मुलुकले कुनै प्रकारको पनि संघर्ष नचाहेको बताएका छन् । ‘‘हामी कुनै पनि प्रकारको युद्धको आशंकाबाट बच्नका लागि हरसम्भव प्रयास गर्न तयार छौं,’’ उनले भने, ‘‘तर, यदि अर्कोतर्फबाट हामीलाई युद्धका लागि उक्साइए हामी पनि भरपूर जवाफ दिन तयार छौं ।’’ 

यसैबीच आइतबार साउदी अरबका राजा सलमानले खाडी र अरब देशका नेताहरुलाई आपतकालीन बैठकको निम्ता पठाएका छन् । उनले मे ३० मा मक्का सहरमा आयोजना हुन गइरहको आपतकालीन बैठकका लागि आमन्त्रण गरेका हुन् । बैठकमा साउदीमा भइरहेका आक्रमणका बारेमा छलफल हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC