site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी
Ghorahi CementGhorahi Cement

दाङ । दाङमा छ वर्षको अवधिमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार बितेको ६ वर्षमा जिल्लाका तीन सय ९६ स्थानमा ३९ हजार ७ सय ६३ दशमलब नौ हेक्टर वन क्षेत्रमा आगलागी भएको हो । जसमा एक जनाको निधनसँगै लाखौँ मूल्यको काठ तथा बहुमूल्य जंगली जडिबुटी नष्ट भएको छ ।

बितेको ६ वर्षमा सबभन्दा धेरै आगलागी आर्थिक वर्ष २०७२-०७३ मा भएको छ । उक्त वर्ष जिल्लाका एक सय ५३ स्थानमा भएको आगलागीका कारण २४ हजार नौ सय ६१ हेक्टर वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । जसबाट राष्ट्रिय वनको ढिकूरेमा घाटगद्दी गरेर राखेको विभिन्न जातको गोलिया गरि ८४ थानको ४ सय २० दशमलव २३ घनफिट काठ जलेर नष्ट भएको थियो ।

Agni Group

त्यस्तै सोही वर्ष डढेलोका कारण देउखुरीको बगारबाबा सामुदायिक वन क्षेत्रको सतबरियामा असना जातको ६ थान गोलियाको एक सय १४ दशमलव १८ घनफिट काठ जलेर नष्ट भएको थियो । वन संरक्षणमा उपभोक्ताहरु जागरुक नहुँदा र लामो समयसम्म खडेरीले गर्दा धेरै वनजंगलमा आगलागी भएको सूचना अधिकारी केसीले जानकारी दिए ।

त्यस्तै २०६९-०७० मा तीन हजार दुई सय ५० हेक्टरमा आगलागी भएको छ । उक्त वर्ष घोराहीको अम्बे सामुदायिक वनमा लागेको आगो निभाउन खोज्दा घोराही उपमहानगरपालिका वडा नं १८ अम्बारपुर निवासी नमलाल थापाको मृत्यु भएको थियो । जिल्लाका ३८ स्थानमा आगलागी भएको वन डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष २०७०-०७१ मा जिल्लाका एक सय १६ स्थानमा गरी जम्मा ६ हजार ६ सय ११ दशमलब ५ हेक्टर वन क्षेत्र र आर्थिक वर्ष २०७१-०७२ मा जिल्लाका १४ स्थान गरी जम्मा ६ सय हेक्टरमा आगलागी भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

Global Ime bank

सूचना अधिकारी केसीका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा जिल्लाका ५४ स्थानमा गरी चार हजार दुई सय २० हेक्टर र आर्थिक बर्ष २०७४-०७५ मा एक सय २१ हेक्टर जमिनमा मात्र आगलागी भएको छ । गतबर्ष समयसमयमा वर्षात भएका कारण धेरै वनजंगलको क्षती हुन नपाएको वन कार्यालयले जनाएको छ । गतवर्ष जिल्लाका २१ स्थानमा मात्र आगलागी भएको थिए ।

विगत र्षको तुलनामा यसबर्ष धेरै स्थानमा आगलागी भएको छ । डिभिजन वन कार्यालयका अनुसार यसवर्ष हालसम्म जिल्लाका २६ स्थानमा एक हजार पाँच सय हेक्टर बढी वनमा आगलागी भएको छ । अहिले पनि वन क्षेत्रमा पटक-पटक आगलागी भइरहेकाले तथ्यांक बढ्न सक्ने सूचना अधिकारी केसी बताए । उपभोक्ताहरु सचेत नहुनुका साथै वर्षात नहुदाँ धेरै स्थानमा आगलागीका घट्नाहरु भएका छन । वन संरक्षणमा सरकारले लाखौँ रुपैयाँ खर्च गर्ने गरे पनि होसियारी नपनाउँदा आगलागीका कारण वर्षेनी ठुलो क्षती हुने गरेको छ ।

वन जंगलमा चोरी सिकारी, राम्रो घाँस पाउँछ भन्ने सोच, वनजंगलमा रहेको अनावश्यक काँडा, झाडी नष्ट गर्ने सोंचका कारण वन समूहका सदस्यहरुवाट समेत आगलागी हुने गरेको छ । त्यस्तै वन समूहका पदाधिकारी एव सदस्यबीचको रिसीवी र हेल्चक्र्याइँका कारण जिल्लामा आगलागीका घट्नाहरु हुने गरेका छन ।

वन जंगलमा आगो लगाउनेलाई जरिवाना गर्ने कानूनी व्यवस्था भए पनि अहिलेसम्म जिल्लामा कसैलाई कारबाही भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC