site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरिजा मेले यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने बताएकी छन् । 

बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले भनेकी छन्, “इयूबाट बेलायतको बहिर्गमनका लागि अन्तिम प्रयासस्वरूप ‘नयाँ र सुधारिएको’ प्रस्ताव संसदमा प्रस्तुत गरिने छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीले ल्याउने उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ । 

बेलायती संसदका बहुमत सदस्यले प्रधानमन्त्रीबाट यस पहिले पटक पटक ल्याइएका प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

Global Ime bank

प्रधानमन्त्री मेले आफुले ‘पहिलेकै सम्झौतामा सांसदहरूलाई पुनः सोच्न मात्र भनेको नभै’ उनीहरूलाई सुधारसहितको प्याकेजका उपाय ल्याउन लागेकोले यसमा समर्थन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री मेको प्रस्ताव बेलायती संसदले पटक पटक अस्वीकार गरेको ब्रेक्जिट प्रक्रिया अवरूद्धतालाई समाधान गर्ने पहलस्वरूप आएको हो ।

प्रधानमन्त्रीले आफ्नो नयाँ प्रस्तावमा मतदानसँगै प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ बाट बाहिरिने समयतालिका पनि तय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC