site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवधारणा ग्रिनसिटीको, भएका रुख भने ढालेको ढाल्यै !
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरले सहरलाई ‘ग्रिनसिटी’ अवधारणाअनुसार विकास गर्ने रणनीति लिएको छ । तर, व्यवहारमा भने 'हवाई जहाजबाटसमेत निकै हरियाली छाएको’ देखिने विराटनगरमा रुख काट्ने दर बढेको छ । 

पहिल्यै हुर्किएका र हुर्काइएका धेरै पुराना रुख एक वर्षभित्र ठूलो संख्यामा काटिएका छन् । यसकै पछिल्लो उदाहरण हो, जिल्ला प्रशासन कार्यालय परीसर अगाडि ढालिएका सय वर्षभन्दा पुराना वरपिपलका रुख । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको भनाइलाई आधार मान्‍ने हो भने ‘पुराना हाँगा भाँच्चिएर हुनसक्ने जोखिम’ का कारण ती रुख काटिएका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासन कार्यालय मोरङ सामुन्‍ने रहेका सय वर्ष पुराना रुखहरु काटिएपछि विराटनगरको उखुम गर्मीमा ओत लाग्‍नेहरुलाई समेत समस्या भएको छ । खासगरी प्रशासनमै सेवा लिन आउनेहरुले रुखमुनि बनाइएका चौतारामा सुस्ताउने गरेका थिए । एकजना सेवाग्राही अम्बिका चौधरीले रुख ढालिएपछि आफूहरुलाई बस्‍नै समस्या भएको सुनाउँदै भने, ‘‘रुख हुँदा छहारीमा ओत लागिन्थ्यो अब त्यो ठाउँ पनि हराएछ ।’’ प्रशासनमा सेवा लिन दैनिक ठूलो संख्यामा सेवाग्राही पुग्छन् ।
 
वरपिपलको सयवर्षभन्दा पुराना रुख काटिएपछि त्यो क्षेत्र उजाड देखिएको छ । प्रशासन कार्यालयमा आफ्नो कार्य सम्पादनको क्रममा लाग्‍ने समय उपयोग गर्न सर्वसाधारण रुखमुनि बनाइएका चौतारामा बसेर गफिने गरेका थिए । तर, हठात ती पुराना रुख काटिएपछि भने उनीहरुलाई बस्‍ने र टहलिने ठाउँको समेत अभाव भएको छ । सहायक प्रजिअ पाण्डेले ‘काटिएका ठाउँमा नयाँ रुखका बिरुवा रोपिने’ बताएका छन् । 

Global Ime bank

प्रशासन परीसरको निवास नजिकैको सिमलको रुखको यसअघि नै काटिएको थियो । त्यहाँ लोपोन्मुख चमेराको बासस्थान थियो । तर, रुख ढलेपछि प्रशासनभित्रैका रुखलाई घर बनाएका चमेराहरुसमेत बसाईं सरिसकेका छन् । ६ लेन सडक तथा सहरभित्र सडक र नाला विस्तारका क्रममा सयौं रुख ढालिएको विराटनगर उजाड बन्‍ने खतरासमेत बढेको छ । केहीअघि संसारीमाई स्थान पछाडि रहेका निकै पुराना वरपिपलको रुखसमेत काटिएको थियो । 

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले हरियाली अभियानलाई स्थानीय रुपमा बढावा दिन घर निर्माणको क्रममा नक्सा पास गर्दा नै कम्तीमा तीनवटा रुख रोप्‍नुपर्ने नियमबारे नगरबासीको ध्यानाकर्षण गर्ने गरिएको बताउँछन् । पराजुलीले भने,‘‘हरियाली बढाउने विषयमा नगरवासीले पनि महानगरलाई सघाउनु पर्छ । यो अभियान एक्लैले गरेर हुने होइन । सबैको सहयोग चाहिन्छ ।’’ 

पराजुलीले पुराना रुख सकेसम्म बचाउने र नयाँ लगाउने नीतिलाई महानगरले व्यवहारिक रुपमा सफल बनाउन प्रयास गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC