site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुकुम । जिल्लाबाट बहुमूल्य सेतक चिनी (खिराउलो) को  निकासी सुरू भएको छ । वन मन्त्रालयले जिल्लालाई एक वर्षका लागि २५० क्वीन्टल सेतक चिनी निकासीका लागि कोटा निर्धारण गरेको थियो । 

कोटा निर्धारण गरेअनुसार डिभिजन वन कार्यालयले पुर्जी उपलब्ध गराएपछि व्यापारीले यसको सङ्कलन तथा निकासी सुरु गरेका हुन् । स्थानीय तथा जिल्ला बाहिरबाट आएका व्यापारीले सेतक चिनी सङ्कलनका लागि पुर्जी लिएर काम थालेका छन् । केहिले आफैँ अनुमति पाएको परिणामको सेतक चिनी सङ्कलन गरिसकेका छन् भने केही सङ्कलनको क्रममा छन् । सेतक चिनीको सङ्कलन पुर्जीअनुसार डिभिजन वन कार्यालयमा रु तीन लाख ७५ हजार राजश्व जम्मा भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सेतक चिनीको अघिल्लो वर्षसम्म प्रतिकिलो रु पाँच राजश्व तिरेका व्यापारीले यो वर्ष प्रतिकिलो रु १५ रुपियाँ राजश्व तिरेको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताए ।

मन्त्रालयबाटै सेतक चिनीलगायत अन्य जडिबुटीको राजश्व बढेर आएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा सङ्कलन गर्नुपर्ने कोटा अनुसारकै पुर्जी जारी भइसकेको छ । जिल्लाका तीनवटै स्थानीय तहमा सेतक चिनी पाइए पनि विशेष गरी पुथा उत्तरगङ्गा गाउँपालिकामा बढी पाइने गरेको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC