site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड अनिच्छिुक देखिएपछि नेकपामा पोलिटब्युरो गठन रोकियो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनिच्छुक देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्युरो गठन छिट्टै नहुने भएको छ । नेकपाले आइतबार सचिवालय बैठक बसेर पोलिटब्युरो, केन्द्रीय निकाय, विभागहरूलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको थियो ।
तर, पोलिटब्युरोमा प्रस्तावित नाममा पूर्वमाओवादी केन्द्रभित्र विवाद उत्पन्न भएपछि प्रचण्डले नै  ‘अहिले नगरौँ’ भनेको नेकपा निकट स्रोत बताउँछ ।

“पूर्वमाओवादीभित्र प्रस्तावित नामका विषयमा विवाद भयो । पोलिटब्युरोमा नपरेका केही नेताहरू प्रचण्डकहाँ डेलिगेसन नै जानुभएको थियो । तर, उहाँले अहिले तत्काल गठन हुँदैन, चिन्ता लिनु पर्दैन भनेर आश्वस्त पार्नुभयो,” नेकपा निकट स्रोत बताउँछ ।

आइतबार सचिवालयको बैठक नबसेपछि सचिवालयका नेताहरू लाखापाखा लागेका छन् । प्रधानमन्त्री केपी ओली अप्टिकल फाइबर उद्घाटन गर्न धादिङ जाने कार्यक्रम छ । माधव नेपाल नेत्रलाल ‘अभागी’ स्मृति दिवस कार्यक्रममा सहभागी हुन दाङ पुगेका छन् भने झलनाथ खनाल पार्टीकै काममा इलाम  जाँदैछन् ।

Agni Group

“नेताहरूले प्राथमिकताका नराखेकाले पोलिटब्युरो गठनको सम्भावना तत्काल टरेको छ,” नेकपाका नेताहरू बताउँछन् ।

प्रचण्ड समस्यामा
पूर्वमाओवादी केन्द्रभित्र पोलिटब्युरोमा प्रस्तावित नामका विषयमा समस्या चर्किएको छ । ठूलो कमिटी प्रणालीमा अभ्यस्त पूर्वमाओवादीभित्र कुनै मापदण्डले काम गर्दैन । पोलिटब्युरोमा नामै प्रस्ताव गर्न कठिन भएपछि पूर्वमाओवादी केन्द्रले जनयुद्धकालमा पार्टी केन्द्रीय सदस्य बनेकामध्येबाट बनाउने मापदण्ड तयार पारेको थियो । र, नाम प्रस्तावसमेत गरेको थियो ।

Global Ime bank

तर, त्यसो गर्दा शान्ति–प्रक्रियामा आइसकेपछि एमाओवादी हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका र मोहन वैद्य समूहबाट अलग्गिएर एकता प्रक्रियामा सामेल भएका रामबहादुर थापा समूहलाई पनि पोलिटब्युरोमा स्थान दिनुपर्ने भएपछि प्रचण्डमा समस्यामा परेका हुन् । र, महाधिवेशनअघि पोलिटब्युरो गठन नै नगर्ने मनशाय बनाएका हुन् ।

“जनयुद्धकालको केन्द्रीय कमिटीमा रहेकाहरूलाई पोलिटब्युरोमा लैजाँदा पनि ३० जनाभन्दा बढी छुट्छन्,” पूर्वमाओवादी केन्द्र निकट एक नेताले जानकारी दिए । नेकपाले १४७ सदस्यीय पोलिटब्युरो गठनको तयारी गरेको छ । जसमध्ये पूर्वएमालेको भागमा ८२ र पूर्वमाओवादी केन्द्रको भागमा ६५ सदस्य परेको छ ।

पूर्वएमालेमा ठाकुर नपर्ने, राजेन्द्र पर्ने, गौरी ओली र विजय सुब्बाको नाममा विवाद

नेकपा एमालेले पोलिटब्युरोमा पर्ने सदस्यको नाममा करिब सहमति जुटाएको छ । एमालेको आठौँ महाधिवेशनपछि पदेन र आमन्त्रितगरी ६६ सदस्यीय पोलिटब्युरो थियो । जसमध्ये ७ पद रिक्त छ । र, ५९ सदस्यीय पुरानै कमिटीबाट पर्नेछन् । २३ जना नयाँ अनुहार खोज्नुपर्नेछ । पाँचौ महाधिवेशनदेखि नै केन्द्रीय कमिटीमा रहेका, केन्द्रीय सदस्य दोहोरिएका, यसअघि पोलिटब्युरो सदस्य रहेर पनि पछिल्लो महाधिवेशनमा पराजित रहेकालाई पोलिटब्युरोमा लैजाने मापदण्ड पूर्वएमालेले बनाएको छ ।

मापदण्डमा जाँदा अनेरास्ववियूको दुई कार्यकाल (१५औँ र १६ औँ राष्ट्रिय सम्मेलन) अध्यक्ष भएका राजेन्द्र राई पोलिटब्युरो सदस्य चुनिनेछन् । ठाकुर गैरे भने पोलिटब्युरोमा अटाउने छैनन् । “

उहाँभन्दा सिनियरहरू थुप्रै हुनुहुन्छ, उहाँहरू पनि पर्नुभएको छैन, ठाकुर गैरे पर्ने सम्भावना छैन,” एक नेताले जानकारी दिए ।

त्यस्तै आठौँमा केन्द्रीय कमिटीको वैकल्पिक सदस्य निर्वाचित भएकी गौरी ओलीलाई पनि पोलिटब्युरो सदस्य बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड छ । तर, नवौँ महाधिवेशनमा पराजित ओलीभन्दा सिनियर अरू नेता पोलिटब्युरोमा नपरेकाले उनको नाममा विवाद भएको ती नेताले जानकारी दिए ।

पूर्वएमालेभित्र विजय सुब्बाको नाममा पनि विवाद छ । एमालेको पोलिटब्युरो सदस्य रहेका सुब्बा बीचमा पार्टी छाडेर अशोक राई नेतृत्वको संघीय समाजवादीतिर लागेका थिए । केही समयपछि पुनः एमालेमै फर्किएका सुब्बालाई अहिले पोलिटब्युरोमा निरन्तरता दिन नहुने मत सचिवालय सदस्यकै छ ।

“उहाँ बीचमा पार्टी छाडेर विजातीय (गैर कम्युनिस्ट) पार्टीतिर लाग्नुभयो । अहिले पार्टीले सांसद पनि बनाएको छ । पोलिटब्युरो बनाएर पुरस्कृत नै गर्नुपर्ने कुनै कारण छैन,” एक सदस्यले जानकारी दिए ।

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC