site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘चीनमा उत्तर कोरियालीलाई यौनदासी बनाइन्छ’
Ghorahi CementGhorahi Cement

बीबीसी । एक रिपोर्टमा दाबी गरिएको छ– प्रत्येक वर्ष उत्तर कोरियाका हजारौं युवतीलाई चीनमा देहव्यापार गर्न लगिन्छ । लन्डनस्थित ‘कोरिया फ्युचर इनिसियटिभ’ को रिपोर्टमा भनिएको छ– उत्तर कोरियाली महिला तथा किशोरीलाई अपहरण गरिन्छ र वेश्याका रुपमा बेचिन्छ । ‘‘उनीहरुलाई चिनियाँ पुरुषसँग विवाह गर्न पनि विवश पारिन्छ,’’ रिपोर्टमा उल्लेख छ । 

चीनमा आपराधिक सङ्गठन ‘सेक्स ट्रेड’ मा सक्रिय छ र यसको वार्षिक व्यापार १० करोड डलरसम्म रहेको पनि रिपोर्टमा जनाइएको छ । उत्तर कोरियाली महिला सेक्स ट्रेडमा नचाहेरै फसिरहेका छन्, किनकि उनीहरु कुनै कारण आफ्नो मुलुक फर्किए भने पनि विभिन्न प्रताडना खप्नुपर्छ ।

Agni Group

रिपोर्टका लेखक योन हि–सोन भन्छन्, ‘‘युवतीहरुलाई ३० युआनका लागि वेश्या बनाइन्छ । हजार युआनको बदलामा तिनलाई चिनियाँको पत्नी बनाएर बेचिन्छ ।’’ उत्तर कोरियाली महिलालाई चीनको उत्तर–पूर्वी जिल्लाका वेश्यालयहरुमा दाससरह राखिन्छ । चीनको उक्त क्षेत्रमा बढी मात्रामा आप्रवासी कामदार बसोबास गर्छन् । 

कतिपय अवस्थामा त यसरी यौनउत्पीडनको सिकार बनेका जम्माजम्मी आठ–नौ वर्षका बालिका पनि हुने गर्छन् । वेबक्यामको मद्दतमा तिनलाई निकै टाढा बसिरहेको ग्राहकसम्म पुर्याउने गरिन्छ । यस्ता ग्राहक प्रायः दक्षिण कोरियाली नागरिक हुने गरेको पनि बताइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC