site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कस्तो छ लिबियामा नेपाली शान्ति सेनाको अवस्था ? सैनिक प्रवक्ता भन्छन्–नयाँ विकासक्रम छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  लिबियामा उत्पन्न पछिल्लो समस्याबारे अहिले संयुक्त राष्ट्र संघमा निकै चर्चा भइरहेको छ । जुन स्थानमा नेपाली शान्ति सेनाले सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।  लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत घसन सलमीले गएको मंगलबार सुरक्षा परिषद्को बैठकमा बोल्दै त्यहाँ गइरहेको हतियार नरोकिए रक्तपातपूर्ण अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

सोही दिन संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले सलिमसँग भेट गरेका थिए । राईसँगको भेटका क्रममा सलिमले लिबियामा रहेको नेपाली गार्ड युनिटकोे प्रसंशा गरेको र उनीहरुको सुरक्षाको बारेमा सो अवसरमा चर्चा भएको न्यूयोर्कस्थित नेपाली नियोगले ट्विटमार्फत जनाएको छ ।
गएको मंगलबार सुरक्षा परिषदमा बोल्दै सलमीले लिबियामा हतियारको फ्लो बढेको र अलकायदा तथा इश्लामिक स्टेट अतीवादीले घुसपैठ थालेको जनाएका थिए । 

लिबियामा द्वन्द्व नचर्काउनका लागि हतियारको फ्लो बन्द गर्नुपर्ने समेत उनले जनाएका थिए ।  बीबीसीले द्वन्द्वको एक पक्षले हतियार टर्कीबाट आइरहेको जनाएको र अर्को पक्षले जोर्डनबाट आइरहेको जनाएको उल्लेख गरेको छ  ।  ७५ हजार भन्दा बढी मानिस अहिले त्यहाँबाट विस्थापित भएको विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो संगठनका अनुसार करिब ५१० जना मानिस पछिल्ला घटनामा  मारिएका छन् । गएको ४ अप्रिलमा विद्रोही समूहले राजधानी कब्जा गर्न खोजेपछि तनाव उत्पन्न हुँदै आइरहेको छ । लिबियाको राजधानी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विद्रोही समूहले  गएको अप्रिल ८ मा गरेको आक्रमणका क्रममा २१ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका थिए । सो आक्रमणमा मानवीय सहयोगको कार्यमा संलग्न रेडक्रसका एक चिकित्सकको पनि मृत्यु भएको थियो । 

त्यहाँको सरकारलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्दै आएको छ र सोही क्रममा राष्ट्र संघको आह्वानमा नेपाली शान्ति सेना पनि त्यहाँ रहेका छन् । सन् २०१६ देखि लिबियामा २३१ जना नेपाली शान्ति सेना रहँदै आएको बताइएको छ ।  खालिफा हटलरले नेतृत्व गरेको लिबियन नेशनल आर्मी (एलएनए) ले अप्रिल ८ मा ट्रिपोलीमा आक्रमण गरेपछि पछिल्लो समश्या उत्पन्न भएको हो । 

Global Ime bank

अप्रिल ८ को आक्रमणपछि अमेरिका र भारतले त्यहाँ रहेका आफ्ना सुरक्षाकर्मीलाई फिर्ता गरेपनि नेपाली शान्ति सेना भने संयुक्त राष्ट्रसंघको त्यहाँ स्थित कार्यालयको सुरक्षामा छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बिहीबार बिहान बाह्रखरीसँगको कुराकानीमा लिबियाको प्रसंगमा अहिले नयाँ विकासक्रम केही पनि नभएको जनाएका छन् । उनले त्यहाँ रहेको नेपाली शान्ति सेनाले म्यान्डेटअनुसार काम गरिरहेको जनाए । 

लिबियामा रहेको आफ्नो शान्ति सेनालाई नेपालले फिर्ता गर्न लागेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा केही अघि चर्चा चलेपनि सेनाले सो कुराको खण्डन गरेको थियो ।  नेपाली शान्ति सेनालाई अहिले राष्ट्रसंघको कार्यालयको सुरक्षा गर्ने म्यान्डेट रहेको जनाइएको छ  । 

तेलको लागि धनी लिबियामा लामो समयसम्म शासन गरेका तत्कालीन शासक मुआमर गद्धाफीलाई पदबाट हटाएर सन् २०११ मा हत्या भएपछि त्यहाँ तनाव बढ्दै गएको छ । राष्ट्रसंघले सहयोग गरिरहेको गभर्मेन्ट अफ नेशनल एकर्ड (जीएनए) ले विद्रोहीलाई निस्तेज गर्ने प्रयास गरिरहेको भएपनि त्यो पूर्ण रुपमा सफल हुन सकिरहेको छैन । 

यसै प्रसंगमा अहिले  राष्ट्र संघका विशेष दूतले त्यहाँ हतियारको फ्लो बढिरहेको र त्यसलाई नरोकिए रक्तपात हुन सक्ने सुरक्षा परिषद्को बैठकमा बताएका हुन् । 

तस्बिरः लिबियाका लागि राष्ट्र संघका विशेष प्रतिनिधिसँग गएको मंगलबार न्यूयोर्कमा कुराकानी गर्दै नेपालका स्थायी प्रतिनिधि राई । 
(तस्बिर सौजन्यः न्यूयोर्कस्थित नेपालको स्थायी नियोग)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC