site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यो सिजनका उत्कृष्ट पाँच खेलाडीमा मेस्सी शीर्षस्थानमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व फुटबलका लिगहरु गोधुली अर्थात अन्तिम चरणमा पुगेका छन् । चर्चित केही ठूला लिगहरुको समापन भइसकेकाले सिजन २०१८–२०१९ अन्तिम अवस्थामा छ । 
यद्यपी च्याम्पियन्स लिगको फाइनल, कोपा डेल रे र डिएफबी पोकल फाइनल अझै खेल्न बाँकी छ । सकर्थकले यो सिजनमा निकै कडा प्रतिस्पर्धा हेर्न पाए । इङलीस प्रिमिएर लिग अन्तिम चरणसम्म पनि रोमान्चक रह्यो । 

एकअर्काको घरेलु मैदानमा जितका लागि खेलाडीको रोचक प्रतिस्पर्धा पनि हेर्न लायक रह्यो । केही टोलीका सपना पूरा भए केही टोलीले कठोर वास्तविकताको सामना गर्नुपर्‍यो । म्यानचेस्टर सिटी, बार्सिलोना पेरिस सेन्ट जर्मन ‘पीएसजी’ र बार्यन म्युनिख सबै आफ्नो लिगमा शीर्ष स्थानमा रहे । पहिलो पटक शीर्ष पाँच यूरोपियन लिग च्याम्पियनले सफलतापूर्वक घरेलु मैदानमा उपाधि कब्जा गरे । 

टोलीको प्रदर्शन आफनो ठाउँमा छ । तर त्यही टोलीलाई उचाइमा पुर्‍याउन कोही न कोही खेलाडीले निर्माताको भूमिका निर्वाह गरेका हुन्छन् । आज हामीले यो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका पाँच खेलाडीको चर्चा गरेका छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

५. रहिम स्ट्रलिङ

Global Ime bank

सिटीलाई उपाधि जिताउन रहिम स्ट्रलिङले महत्वपूर्ण भूमिका निर्वाह गरे । २४ वर्षीय इङ्ल्याण्डका युवा स्टार रहिमलाई प्रशिक्षक पेप ग्वार्डिओलाले एक नयाँ जिवन खोजेको बताएका छन् । 

उनी उदयमान र यूरोपकै उत्कृष्ट विङ्स भएको प्रशिक्षक ग्वार्डिओलाको भनाई छ । जमैकामा जन्मेका स्ट्रलिङले आक्रमक खेलाडी स्ट्रलिङले सम्पूर्ण प्रतिस्पर्धामा २५ गोल गरेका छन् भने १२ गोलका लागि पास उपलब्ध गराएका छन् । 

लिभरपुलका पूर्व विङ्गर रहिम विश्वकै उत्कृष्ट हुने क्षमतावान खेलाडी हुन् । एफए कपको फाइनलमा वार्टफोर्डविरुद्ध उनी म्यान अफ दी म्याचसमेत भएका थिए । उनलाई फुटबल पण्डितहरुले यो सिजनले उनको करिअर बनेको र क्षमता देखिएको बताएका छन् ।

४. साडियो माने 

लिभरपुलका साडियो मानेका लागि यो सिजन विशेष रह्यो । सेनेगलका अन्तर्राष्ट्रिय खेलाडी मानेले उत्कृष्ट प्रदर्शनसहित संयुक्त रुपमा गोल्डेन बुट जित्ने खेलाडीमा आफनो नाम पनि लेखाए । 

टिम मेट मोहमद सलाह र आर्सनलका पिरे इमरीकसँगै मानेले गोल्डेन बुट जिते । तिनै खेलाडीले २२ गोल गरेका थिए । साउथ ह्याम्पटनका पूर्व खेलाडी मानेले हरेक खेलमा सोचपूर्वक खेल्दै यो सिजनका विभिन्न प्रतिस्पर्धामा २६ गोल गरे । २७ वर्षीय स्टार माने २०१६ देखि लिभरपुलमा छन् । उत्कृष्ट प्रदर्शनका बाबजुद पनि लिभरपुल प्रिमियर लिगमा दोस्रो स्थानमा रह्यो । 

३. केलियन एमबाप्पे 

प्रकृतिले नै उपहार दिएका फ्रान्सका युवा स्टार केलियन एमबाप्पेका लागि यो सिजन निकै उत्कृष्ट रह्यो । फ्रान्सलाई विश्वकपको उपाधि जिताउन नायक बनेका एमबाप्पे यो सिजनमा निरन्तर चम्कीरहे । 

पेरिस सेन्ट जर्मन पिएसजीका एमबाप्पेले बाज्रिलका स्टार नेयमारको अनुपस्थितमा आफूलाई सुम्पिएको जिम्मेवारी ध्यानपूर्वक निर्वाह गरे । पहिलो पटक यूरोपियन गोल्डेन बुट जितेका उनले लिग वानमा २८ खेलमा ३२ गोल गरे । 

उनी यो सिजनमा दोस्रो स्थानमा रहे । ला लिगामा मेस्सीले ३६ गोल गोल गर्दा लिग वानमा एमबाप्पेले ३२ गोल गरे । उनले विश्व फुटबलका लागि ठूलो विश्वास छोडेका छन् । ताकि उनी स्टार क्रिष्टयानो रोनाल्डो र लियोनल मेस्सी जस्तै सफल हुनेछन् ।  

२. भर्जिल भान डिजिक

लिभरपुलका एकमात्र डिफेन्डर भर्जिल भान डिजिकले यो सिजनको उत्कृष्टमा आफनो नाम लेखाउन सफल भए । उनले लिभरपुलका लागि यो सिजन उत्कृष्ट प्रदर्शन गरे । सेन्टर ब्याक डिजिकले यो सिजन अधिकांस समय लिभरपुलको रक्षापंक्ति सम्हाले । 

उत्कृष्ट डिफेन्डरमा आफनो नाम दर्ता गराएका उनले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साउथह्याम्पटका पूर्वखेलाडी डिजिकले एभरेजमा प्रत्येक खेलाडीमा पाँच क्लियर गरेका छन् । 

लिभरपुलले जुन १ मा च्याम्पियन्स लिगको उपाधि लागि प्रतिस्पर्धा गर्दा उनको प्रदर्शनबारे समर्थकमा चासो छ । २७ वर्षीय नेदरल्याण्डका खेलाडी डिजिकले चार गोल पनि गरेका छन् । 

१. लियोनल मेस्सी 

यो सिजनको उत्कृष्ट खेलाडीमा बार्सिलोनाका स्टार लियोनल मेस्सी पर्न सफल भएका छन् । बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन नायक बनेका मेस्सीका लागि यो सिजन निकै उत्कृष्ट रह्यो । 

पाँच पटकको बालोन डी ओर अर्वाड विजेता मेस्सीका लागि व्यक्तिगत रुपमा निकै सफल रहेको फुटबल पण्डितहरुले विश्लेषण गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनालाई पछिल्ला ११ वर्षमा आठ पटक उपाधि जिताउन सफल भएका हुन् । उनले यो सिजन ३६ गोल गरे । 

विभिन्न खाले प्रतिस्पर्धामा उनको गोलसंख्या ५० रह्यो । चार पटकको च्याम्पियन्स लिग विजेता खेलाडी मेस्सीले युरोपतर्फ १२ गोल आफनो नाममा लेखाए । यद्यपि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा अप्रत्यासित रुपमा लिभरपुलसँग पराजित भयो । समग्रमा मेस्सीका लागि यो सिजन निकै उत्कृष्ट रह्यो ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC