site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्तो छ लिबियामा नेपाली शान्ति सेनाको अवस्था ?
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  लिबियामा उत्पन्न पछिल्लो समस्याबारे अहिले संयुक्त राष्ट्र संघमा निकै चर्चा भइरहेको छ । जुन स्थानमा नेपाली शान्ति सेनाले सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।  लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत घसन सलमीले गएको मंगलबार सुरक्षा परिषद्को बैठकमा बोल्दै त्यहाँ गइरहेको हतियार नरोकिए रक्तपातपूर्ण अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

सोही दिन संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले सलिमसँग भेट गरेका थिए । राईसँगको भेटका क्रममा सलिमले लिबियामा रहेको नेपाली गार्ड युनिटकोे प्रसंशा गरेको र उनीहरुको सुरक्षाको बारेमा सो अवसरमा चर्चा भएको न्यूयोर्कस्थित नेपाली नियोगले ट्विटमार्फत जनाएको छ । गएको मंगलबार सुरक्षा परिषदमा बोल्दै सलमीले लिबियामा हतियारको फ्लो बढेको र अलकायदा तथा इश्लामिक स्टेट अतीवादीले घुसपैठ थालेको जनाएका थिए । 

लिबियामा द्वन्द्व नचर्काउनका लागि हतियारको फ्लो बन्द गर्नुपर्ने समेत उनले जनाएका थिए । बीबीसीले द्वन्द्वको एक पक्षले हतियार टर्कीबाट आइरहेको जनाएको र अर्को पक्षले जोर्डनबाट आइरहेको जनाएको उल्लेख गरेको छ  । 

Agni Group

७५ हजार भन्दा बढी मानिस अहिले त्यहाँबाट विस्थापित भएको विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।  सो संगठनका अनुसार करिब ५१० जना मानिस पछिल्ला घटनामा  मारिएका छन् । गएको ४ अप्रिलमा विद्रोही समूहले राजधानी कब्जा गर्न खोजेपछि तनाव उत्पन्न हुँदै आइरहेको छ ।

लिबियाको राजधानी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विद्रोही समूहले  गएको अप्रिल ८ मा गरेको आक्रमणका क्रममा २१ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका थिए । सो आक्रमणमा मानवीय सहयोगको कार्यमा संलग्न रेडक्रसका एक चिकित्सकको पनि मृत्यु भएको थियो । 

Global Ime bank

त्यहाँको सरकारलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्दै आएको छ र सोही क्रममा राष्ट्र संघको आह्वानमा नेपाली शान्ति सेना पनि त्यहाँ रहेका छन् । सन् २०१६ देखि लिबियामा २३१ जना नेपाली शान्ति सेना रहँदै आएको बताइएको छ ।  खालिफा हटलरले नेतृत्व गरेको लिबियन नेशनल आर्मी (एलएनए) ले अप्रिल ८ मा ट्रिपोलीमा आक्रमण गरेपछि पछिल्लो समश्या उत्पन्न भएको हो । 

अप्रिल ८ को आक्रमणपछि अमेरिका र भारतले त्यहाँ रहेका आफ्ना सुरक्षाकर्मीलाई फिर्ता गरेपनि नेपाली शान्ति सेना भने संयुक्त राष्ट्रसंघको त्यहाँ स्थित कार्यालयको सुरक्षामा छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बिहीबार बिहान बाह्रखरीसँगको कुराकानीमा लिबियाको प्रसंगमा अहिले नयाँ विकासक्रम केही पनि नभएको जनाएका छन् । उनले त्यहाँ रहेको नेपाली शान्ति सेनाले म्यान्डेटअनुसार काम गरिरहेको जनाए । 
लिबियामा रहेको आफ्नो शान्ति सेनालाई नेपालले फिर्ता गर्न लागेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा केही अघि चर्चा चलेपनि सेनाले सो कुराको खण्डन गरेको थियो ।  नेपाली शान्ति सेनालाई अहिले राष्ट्रसंघको कार्यालयको सुरक्षा गर्ने म्यान्डेट रहेको जनाइएको छ  । 

तेलको लागि धनी लिबियामा लामो समयसम्म शासन गरेका तत्कालीन शासक मुआमर गद्धाफीलाई पदबाट हटाएर सन् २०११ मा हत्या भएपछि त्यहाँ तनाव बढ्दै गएको छ । राष्ट्रसंघले सहयोग गरिरहेको गभर्मेन्ट अफ नेशनल एकर्ड (जीएनए) ले विद्रोहीलाई निस्तेज गर्ने प्रयास गरिरहेको भएपनि त्यो पूर्ण रुपमा सफल हुन सकिरहेको छैन । 

यसै प्रसंगमा अहिले  राष्ट्र संघका विशेष दूतले त्यहाँ हतियारको फ्लो बढिरहेको र त्यसलाई नरोकिए रक्तपात हुन सक्ने सुरक्षा परिषद्को बैठकमा बताएका हुन् । तस्बिरः लिबियाका लागि राष्ट्र संघका विशेष प्रतिनिधिसँग गएको मंगलबार न्यूयोर्कमा कुराकानी गर्दै नेपालका स्थायी प्रतिनिधि राई ।  एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  ०२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC