site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीको आन्तरिक निर्देशन - ‘विप्लवले आक्रमण गर्न सक्छन्, अलर्ट रहनू, एक्लै नहिँड्नू’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आक्रमण गर्नसक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको छ । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको हो । मंगलबारमात्रै नेकपाको मेची ब्यूरोले एक विज्ञप्ति जारी गर्दै सादा पोशाकमा खटिएका र सुराकी गर्दै हिँड्नेलाई आफ्ना गतिविधी बन्द गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सर्तक रहन मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गरेको हो ।

मंगलबार मात्रै भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा प्रहरीसँगको मुडभेडमा विप्लव नेकपाका कार्यकर्ता तिर्थराज घिमिरेको ज्यान गएको थियो । प्रहरीको गोलीबाट घिमिरे मारिएपछि विप्लव समूह आक्रोशित बनेको र प्रहरीलाई निशाना बनाउनसक्ने भन्दै सतर्कता अपनाइएको जनाइएको छ । प्रहरीले बिहीबार मात्रै मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको छ । योबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको ती अधिकारीले बताए ।

Agni Group

२८ फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध प्रहरीले आक्रामक रणनीति अवलम्बन गरेको थियो ।

प्रहरीले विप्लवसहित नेता-कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ अर्न्तगत गाउँ-गाउँमा प्रहरी परिचालन गरेको छ । यद्यपि कुनै घटनामा संलग्न नभएका सामान्य तहका कार्यकर्तालाई नसमात्ने प्रहरीले रणनीति लिएको थियो । प्रतिबन्धपछि विप्लव समूहका दुई सय बढी नेता-कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रतिबन्ध अघि देशभरबाट तीन सय ९७ जना नेता-कार्यकर्ता पक्राउ परेका थिए ।

Global Ime bank

प्रहरी अपरेसनका क्रममा पक्राउ परेकामध्ये तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओली सबैभन्दा माथील्लो तहका नेता हुन् ।

सुरक्षा रिपोर्ट अनुसार पूर्वी नेपालभन्दा पश्चिमी नेपालमा विप्लव समूहको प्रभाव केही बढी छ । विप्लव समूहले तत्कालीन माओवादीकै संरचनालाई अपनाएको छ । उनीहरुले १४ अञ्चल र ७५ जिल्लाकै संरचनाका आधारमा आफ्नो पार्टी संरचना तयार पारेका छन् । पूर्वी कमाण्ड, पश्चिमी कमाण्ड र मध्य कमाण्ड छुट्याइएको छ । योबाहेक विदेश विभाग र भारतमात्रै हर्ने छुट्टै नेता छन् । भारतमा रहेका नेताले त्यहाँका नेपालीबीच संगठन विस्तार गर्ने, कतिपय अवस्थामा नेपालबाट भारत लुक्नुपर्ने अवस्था आए उनीहरुको सुरक्षित बसोबास लगायतका काम गर्नेछन् ।

प्रतिबन्ध लागेपछि पार्टीको सांगठानिक संरचना बदलेको नेकपामा विप्लव सबैभन्दा शीर्ष तहमा छन् । महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहँदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ  ।सांगठनिक रुपमा देशलाई तीन भागमा विभाजन गरेको छ । यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिमी कमाण्ड छन् ।

पूर्वी कमाण्डको इन्चार्ज पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ हुन् । मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी पक्राउ परेका छन् । पश्चिमी कमाण्डको इन्चार्ज स्थायी सदस्य धर्मेन्द्र बास्तोला हुन । उनी पश्चिमी कमाण्डको इन्चार्ज र विदेश विभाग इन्चार्ज हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC