site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुईवटा सुटकेसभरी भारतीय नक्कली नोटः युनुस अन्सारीसहित छजना विमानस्थलबाट पक्राउ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं भारतीय नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना पाकिस्तानी र तीनजना नेपाल नागरिक रहेका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीनजना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा थप तीनजना नेपाली पक्राउ परेका हुन् । 

कतार एरयवेजबाट तीनजना पाकिस्तानी दुईवटा सुटकेश बोेकेर विमानस्थलमा अवतरण गरेका थिए ।  एउटा सुटकेसबाट ३ करोड अवैध भारतीय नक्कली मुद्रा बरामद भएको बताइएको छ भने अर्को सुटकेसमा भएको रकम गन्ने काम भइरहेको स्रोतले जानकारी दियो ।  पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी पनि रहेका छन् । उनीबाहेक अरुको नाम खुलाइएको छैन । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

Agni Group

अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC