site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर आउनासाथ कृषि ज्ञान केन्द्र झापाले प्राविधिक टोली त्यसतर्फ पठाइसकेको र गाउँपालिकाको स्थानीय कृषि विकास शाखासँग मिलेर रोग नियन्त्रणका लागि ‘कासुगामाइसिन’ नामक विषादी छर्कने कार्य आज बिहानदेखि धमाधम भइरहेको भट्टराईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय किसानहरुले लगाएको ‘हर्दिनाथ १’ जातको धानको बोटमा बाला झुल्न थालेका बेला रोगको प्रकोप देखापरेको हो । प्रतिबिगाहा सय मनसम्म फल्ने सो धानमा रोग लागेपछि किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । 

स्थानीय किसान लीलाकुमार श्रेष्ठले आफूले १० बिगाहामा लगाएको धान खेती रोगको प्रकोपले हेर्दाहेर्दै परालमा परिणत भइसकेको बताए । सो रोग लागेको केही दिनमै हरियो बोट कुहिएर सुक्ने गर्दछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC