site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’
Sarbottam CementSarbottam Cement

झापा । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन् । 

उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार दमक आएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उनले बताए । उनले भने, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

मंगलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको हात भाँचिएको छ । सीताको स्वास्थ्य अवस्था बुझ्न मन्त्री आङ्बोसँगै नेकपाका नेता योगेश भट्टराई अस्पताल पुगेका थिए । उनीहरुले अस्पतालका निर्देशक डा मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिएका थिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC