site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शुक्लाफाँटा आरक्ष पीडितको व्यवस्थापन गर्न खानेपानी मन्त्री र वन मन्त्रीबीच छलफल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतबीच शुक्लाफाँटा आरक्ष पीडितहरुको व्यवस्थापन गर्नेबारे छलफल भएको छ । 
कञ्चनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका करिब १५ सय घरपरिवार पीडितलाई जग्गासहित आवास व्यवस्थाका लागि खानेपानी मन्त्रीसहितको टोलीले वन तथा वातारण मन्त्री बस्नेतसँग छलफल गर्दै यस विषयमा ध्यानाकर्षण गराएको हो ।
निकुञ्जले ०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नं. ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका हुन् ।
बेलडाँडी र बेलौरीका स्थानीय बासीहरु घरबारविहीन भएपछि बिचल्लीमा परेका छन् । तत्कालीन समयको समस्या अहिले पनि उस्तै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले बताए ।
अध्यक्ष थापाले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाइए पनि घरबारविहीन जनताको समस्या अझै समाधान हुन नसकेको स्पष्ट पारे । खानेपानी मन्त्री बिना मगरसहितको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो ।
भेटमा खानेपानी मन्त्री मगर सहितबेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतको सहभागिता थियो ।
वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिवद्धता व्यक्त गरे । आरक्षपीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको मन्त्री बस्नेतको भनाइ छ ।
यस्तै वन मन्त्रीसँगको भेटमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेशद्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो ।
उक्त प्रवेशद्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी त्यहाँका स्थानीय तहले गरेका छन् । नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जङ्गल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका अध्यक्ष थापाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC