site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कार्यविभाजनमा अझै जुटेन सहमति, माधव नेपालको तीन प्रस्ताव
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा अझै सहमति जुट्न सकेन । ७७  वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन नसकेको हो ।

सचिवालयको बैठक बिहीबार (आज) मध्याह्न ११ बजे पनि बस्ने छ ।

स्रोतका अनुसार अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा माधव नेपाल  सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

Agni Group

नेपालका तीन प्रस्ताव

स्रोतका अनुसार नेता नेपाल केन्द्र र प्रदेशका मन्त्री, संसदीय समितिका सभापतिहरूलाई इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी दिन नहुने पक्षमा छन् । सांसदलाई भने प्राथमिकता हेरेर बनाउन सकिने उनको प्रस्ताव छ ।

Global Ime bank

त्यस्तै नेता नेपालले जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्दा वरीयतालाई ध्यान दिन सचिवालय बैठकलाई ध्यानकर्षण गराएका छन् ।

“माधव नेपाल शुरूदेखि नै सिनियारिटीका आधारमा नेतृत्व बाँडफाँट गर्नुपर्ने पक्षमा हुनुहुन्छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दा पनि वरीयता उलङ्घन गर्न नहुने उहाँको मत छ,” स्रोतले भन्यो ।

एउटा जिल्लामा इन्चार्ज र सहइन्चार्ज एक–एकजनामात्रै तोक्नुपर्ने नेता नेपालको भनाइ छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक जिल्लामा अनेक सहइन्चार्ज तोक्न सकिने प्रस्ताव अघि सारेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले इन्चार्ज र सहइन्चार्जका विषयमा करिब–करिब सहमति जुटिसकेको र बिहीबार बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्यहरूको कार्यविभाजन (जिल्ला इन्चार्ज र सहइन्चार्ज ) टुंगो लागेपछि बाँकी प्रस्तावमा छलफल हुने जानकारी दिए ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २५ गतेदेखि वैदेशिक भ्रमणमा जाने भएकाले त्यो अगाडि नै कार्यविभाजन र विभागहरूलाई पूर्णता दिने तयारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC