site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भारतमा करोडौंका फिल्म सिटी, नेपालमा छैन तत्काल सम्भावना
Sarbottam CementSarbottam Cement

भारतको हैदरावादस्थित रामाेजी फिल्म सिटी ।


काठमाडौं । अमिताभ बच्चन र आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’का लागि माल्ट्रामा भव्य सेट तयार पारियो । महिनौं लगाएर पानी जहाजसमेत चलचित्रको सुटिङकै लागि निर्माण गरियो । सेटमै करोडौं खर्च भयो । यसको निर्माणदेखि भत्काउने कामसम्मले ठूलै चर्चा भयो । 

‘चेन्नइ एक्सप्रेस’मा पनि निर्माताले उदार भएर सेट बनाए । करोडौं रुपैयाँ खर्च भयो । सेटमै रेल्वेको लिक बनाइयो । स्टेशन खडा गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘अजब प्रेमकी गजब कहानी’मा रमेश तौरानी यस्तो सेट बनाउन राजी भइन्, खाली जग्गामा गाउँ र बजार नै बनाइदिइन् । यो सेट लगाउन प्रोडक्सन डिजाइनर र सयौं कामदारलाई महिनौं लाग्यो । करोडौं खर्च भयो । दर्शकले हेर्दा पर्दामा सेट लगाएजस्तै देखिएन । 

बलिउडमा चलचित्रले आफ्नो सिनका लागि यस्तो सेट बनाउँछन्, जहाँ जेल, हस्पिटल, सुपरमार्केट, अदालत मात्रै होइन, एयरपोर्ट जस्ता ठूला भौतिक संरचना निर्माण गर्छन् । यसका लागि बलिउडमा थुप्रै फिल्म सिटी छन् । रामोजी फिल्म सिटी, मुम्बई फिल्म सिटी, एमजीआर फिल्म सिटी, इनोभेटिभ फिल्म सिटी, नोयडा फिल्म सिटी आदि बलिउडका चर्चित  र ठूला पाँच फिल्म सिटी हुन् ।

Global Ime bank

नेपालमा भने फिल्म सिटीको त कुरै छाडौं, गतिलो स्टुडियो पनि छैन । बालाजुको एनएफडीसी र बूढानीलकण्ठमा रहेको महजोडीको मह स्टुडियोमात्रै हुन् । यी पनि नाममात्रैका स्टुडियो भएको चलचित्रकर्मीहरु बताउँछन् । 

छायांकन गर्ने स्टुडियो नभएकै कारण सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘छायांकनका लागि नेपाल’ कार्यक्रमको शुरुवात गरिने उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो निर्माण कार्य प्रारम्भ गर्ने सरकारको तयारी छ । तर कहाँ बनाउने निश्चित भइसकेको छैन । 

६ रोपनी जग्गामा बन्ला त छायांकन स्टुडियो ? फिल्म सिटी अलपत्र पर्ने सम्भावना 

दोलखामा अन्तरराष्ट्रिय स्तरको फिल्म सिटी निर्माण सुरु त भएको छ तर त्यो चाँडै निर्माण सम्पन्न हुने संकेत देखिएको छैन । चालु आर्थिक वर्षमा उक्त फिल्म सिटीका लागि सरकारले बजेट छुट्टयाएको छैन । 

तत्कालीन सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले समुद्री सतहबाट तीन हजार ३३ सय मिटर उचाइमा उत्तर पूर्वमा गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणको सिलान्यास गरेका थिए । 

नेपाली फिल्म मेकरलाई मात्र हैन, विदेशीलाई समेत लक्षित गरी आवास गृहसहित चलचित्र छायांकनका लागि ‘आउटडोर’ र ‘इनडोर’ संरचना निर्माण गर्ने गरी परियोजना पनि तयार भयो । परियोजनामा फिल्म सिटीभित्र विमानस्थल, पाँचतारे होटल आदि छन् । सेतीदेवी सामुदायिक वनको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा फिल्म सिटी निर्माण हुने बताइएको छ । परियोजनामै निर्माण अविध ५ देखि १० वर्ष भनिएको छ । १० वर्षमा पनि यो बनिसक्छ या सक्दैन निश्चित छैन । निजी क्षेत्रबाट पनि अहिलेसम्म फिल्म सिटी बनेको छैन । 

बलिउडमा दर्जनौं फिल्म सिटी हुँदा नेपालमा भने एउटा पनि छैन । आधा शताब्दी लामो इतिहास बोकिसके पनि नेपाली चलचित्र उद्योग अझै पूर्ण विकास हुन सकेको छैन भन्ने कुराको तथ्य यो पनि एक रहेको चलचित्रकर्मीहरु बताउँछन् ।

नेपालमा न्यून बजेटमा चलचित्र निर्माण हुनु नै फिल्म सिटी नबन्नुको मुख्य कारण रहेको चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र के खनाल बताउँछन् । सानो बजेटमा बन्ने चलचित्रले फिल्म सिटी नै भए पनि सेट लगाउन नसक्ने दीपेन्द्रको भनाइ छ ।  

“पहिलो कुरा, अहिले काठमाडौं आसपासमा फिल्म सिटी बनाउँछु भने पनि जग्गा पाइँदैन । जग्गा पाइहाले पनि त्यसमा ठूलो लगानी हुन्छ,” दीपेन्द्रले बाह्रखरीसँग भने, “फिल्म सिटीमा बनाइने एउटा स्टुडियोमा मात्रै करोडौं लगानी हुन्छ । त्यो स्टुडियोमा एउटा चलचित्र खिचेपछि त्यही स्टुडियोमा अर्को चलचित्र खिच्दा अघिल्लो चलचित्रकै दृश्य देखिने भएकाले कसैले खिच्दैन । त्यसैले हरेक पटक करोडौंको खर्च नेपाली चलचित्रले बेहोर्न सक्तैन ।”

कसैको घरको कोठा भाडामा लिएर सुटिङ गर्दा त्यसमा चाहिने सामानसमेत जुटाउन नसक्ने अवस्थामा नेपाली चलचित्र रहेको भन्दै उनी घरको भित्ता पेन्टिङ नगरी आफूलाई चाहिएको कलरको कपडा टाँगेर छायांकन गर्ने गरेको पर्दामा प्रष्टै देखिने गरेको स्पष्ट पार्छन् ।    

कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा नेपाली चलचित्रको निर्माण बजेटले सेट लगाएर खिच्न नसक्ने बताउँछन् । नेपाली चलचित्र अहिले एकदेखि डेढ करोड बजेटमा निर्माण भइरहेको तर एउटै सेट लगाउन करोडभन्दा धेरै लाग्ने भएकाले नेपाली चलचित्रले फिल्म सिटी निर्माण भएपनि त्यसको सदुपयोग गर्न नसक्ने निर्मलको दाबी छ ।

“नेपालमा फिल्म सिटी बनाउने धृष्टता कसैले गर्छ भन्ने मलाई लाग्दैन । लगानी गरेपछि त्यसको पेब्याक कति हुने भन्ने हो । इन्डियामा एउटै चलचित्रले करोडौंको सुटिङ सेट लगाउँछन् । हाम्रोमा एक करोडमा त चलचित्र बन्छन्,” शर्मा भन्छन्, “नेपालमा तीन लाखको सेट लगाएर १५ लाखको सेट भनेर प्रचार गर्ने बानी छ । यहाँ प्रायः ८० प्रतिशत चलचित्रले आइटम गीतमा सेट लगाउने चलन छ । क्याटरिङ अथवा रेष्टुराँमा लाइट बनाएर खिचिन्छ । बाँकी २० प्रतिशतले महको स्टुडियोमा खिच्छन् । दुई तीन लाखमा सबै काम सकिन्छ ।”

बलिउडमा एउटा आइटम गीत सुटिङ गर्न पाँचदेखि सात दिन लगाउँछन् भने १०–१५ करोड एउटा गीतमा मात्रै खर्च हुने गरेको छ । 

नेपालमा नेपाल आइडल, द भ्वाइस, को बन्छ करोडपतिको अहिलेसम्म बनाइएका सबैभन्दा महँगो सुटिङ स्टुडियो हुन् । यी स्टुडियो निर्माणमा दुई करोडभन्दा माथि बजेट लागेको थियो । 

एक करोडदेखि सवा करोडमा बन्ने नेपाली चलचित्रमा करोडौंको सेट प्रयोग गर्ने सम्भावना नदेखिएको निर्मलको भनाइ छ । “नेपाल आफैँमा सुटिङ स्टुडियो जस्तो छ । राम्रोसँग खिच्ने हो भने फिल्म स्टुडियो नै चाहिँदैन,” निर्मल भन्छन् ।

“भारतमा रेल्वे स्टेसनमा गएर साहरुख खानले सुटिङ गर्न सम्भव छैन, त्यहाँको क्राउडले सम्भव पनि छैन,” निर्देशक दीपेन्द्र भन्छन्, “तर नेपालमा कुनै पनि कलाकार त्यस्तो छैनन्, जो पब्लिक प्लेसमा भएर सुटिङ गर्न नसकोस् ।”  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC