site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेक्वान्दो टोली हैदरावाद प्रस्थान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतको हैदरावादमा आयोजना हुने दोस्रो संस्करणको इन्डिया ओपन इन्टरनेसनल च्याम्पियनसीपमा सहभागी हुन जाने नेपाली तेक्वान्दो टोलीलाई शुक्रबार विदाइ गरिएको छ । सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक नन्दुकुमार राईले एक कार्यक्रमबीच नेपाली टोलीको विदाई गरे ।

जेष्ठ २८ देखि असार १ गते सम्म आयोजना हुने च्याम्पियनसीपमा सहभागी हुन जाने टोलीमा टोली नेतामा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण हात पार्दै ईतिहास रच्न सफल ओलम्पियन दीपक बिष्ट रहेका छन् । यस्तै टोली व्यवस्थापकमा मनीराज बिष्ट, प्रशिक्षकमा दानबहादुर ऐरी रहेका छन् । यसैगरि खेलाडीहरुमा नम्रता तुलाधर (–६७ केजी ), कल्पना चौधरी (–४९ केजी), संगिता बस्याल नेपाली (–६२ केजी), अम्बिका प्रसाद घिमिरे (–५४ केजी), भुपेन श्रेष्ठ (–८७ केजी), गोविन्दबहादुर आले (–५८ केजी), निरज देउवा (–६८ केजी) र अनोज पुजारी (+८७ केजी) रहेका छन् ।

खेलाडीहरु आज साँझ गोरखपुर तर्फ प्रस्थान गर्ने र शनिबार गोरखपुरबाट हवाईमार्गबाट हैदरावाद प्रस्थान गर्ने टोली नेता दीपक बिष्टले जानकारी गराए । यस्तै सोही च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अन्तरराष्ट्रिय निर्णायकहरु नोर्वु लामा, हिराबहादुर थापा, टिका प्रसाद लिम्बु र मिन न्यौपाने पनि त्यसतर्फ प्रस्थान गर्ने छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC