site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ढिलो आयो तर कडा आयो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । जुन ५ । रातको ठिक १०ः५५ बजे नायिका स्वेता खड्काले आफ्नो फेसबुकमा अकाउन्टमा लेखिन्– ढिलो आयो तर कडा आयो । तर आयो चैं के ...? 

सामाजिक सञ्जालमा धेरैले यही लेखे– ढिलो आयो तर कडा आयो । कतिले कतिका स्टाटसमा यही कमेन्ट गरे । कतिले फेसबुकमा यही स्टाटस लेखे । तर, कतिले थाहा पाएर कमेन्ट गरे कतिले थाहा नपाएर यही स्टाटस लेखे । जे होस् यो वाक्य हिट भयो । ट्रोल बन्यो । 

यो वाक्य नयाँ हैन, पुरानै हो । आक्कल झुक्कल सन्दर्भ अनुसार बोलिँदै र लेखिँदै आएको । तर, अहिले अचानक लोकप्रिय भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो वाक्य गायक प्रकाश सपूतले आफ्नो लोक दोहोरी गीत ‘गलबन्दी’मा राखे । गीत आम दर्शकले रुचाए । युट्युब ट्रेन्डिङमा एक नम्बरमा आयो । भ्युज आक्रमकरुपमा पायो । त्यसैले यसभित्र डाइलगका रुपमा राखिएको वाक्य ‘ढिलो आयो तर कडा आयो ।’ हिट भयो । 

हुन त यो डाइलग यसरी लोकप्रिय होला भनेर प्रकाशले राखेका हुन्, न त अपेक्षा नै थियो । सामान्यतः दोहोरी गाउन बस्दा बोलीचालीमा प्रयोग हुने भाषा छनोटकै क्रममा यो डाइलग पनि आएको थियो ।

Global Ime bank

तर, ब्यबसायिक प्रयोजनका लागि गीत तयार पारिँदै थियो । त्यसैले त्यहाँ प्रयोग हुने एकएक शब्द र सिनको अर्थ र प्रभाव पर्ने थियो । त्यसैले दोहोरी छायांकन स्थलमै स्वतस्फूर्तरुपमा आएको डाइलग भने थिएन । स्क्रिप्ट मै लेखेका थिए प्रकाशले । 

यो डाइलग कस्लाई बोल्न दिने ? 

“मिलनसार भए पनि उहाँ रमाइलो र हकी स्वाभावको हुनुहुन्थ्यो । त्यसैले मैले उहाँलाई नै सम्झिएर यो डाइलभ लेखेको थिएँ,” प्रकाश गीतको भिडियोमा ढिलो आयो तर कडा आयो भन्ने डाइलग बोल्ने लालबहादुर घर्तीमगरबारे भन्छन्, “मैले स्क्रिप्ट लेखिसकेपछि उहाँ घरमा हुनुहुन्छ कि हुनुहुन्न भनेर फोन गरेको पनि थिएँ । हुनुहुन्छ भनेपछि उहाँले राम्रोसँग भन्नुहुन्छ भन्ने चाहिँ लागेको थियो । तर यतीधेरै हिट हुन्छ भन्ने चाहिँ कल्पनै गरेको थिइँन ।”

दोहोरीमा केटा वा केटी पक्षदे टुक्का भनिसकेपछि अर्कोको पलालो आउँछ । जसले जवाफ फर्काउनु पर्छ । तर यो गीतमा केटाले दुईतीन पटक टुक्का गाइसकेपछि पनि जवाफ आउँदैछन । जव केटाको नेतृत्व गरेको व्यक्ति गाउँदिन भनेर हिँड्न खोज्छ । ठिक त्यहीबेला केटीले टुक्का फर्काएपछि लालबहादुर घर्र्तीमगर भन्छन्, –ढिलो आयो तर कडा आयो । 

दोहोरीलाई जीवन्तता दिन यस्ता थुप्रै डाइलग गीतमा प्रकाशले प्रयोग गरेका छन् । 

सुटिङका लागि प्रकाशसहितको टोली आफ्नै गाउँ बागलुङको गाँठेखोला गाउँपालिका–३ पुगे । प्रकाश गाउँ पुग्दा लालबहादुर भलिबल खेलिरहेका थिए । प्रकाशले भने, “दाइ मेरो गीतमा तपाईंका लागि एउटा रोल छ, जसरी भए पनि आइदिनुस् है ।” हँसिलो मुहार रसिलो स्वाभावका लालबहादुरले नाईं भनेनन् । आए । 

प्रकाशका ‘बोल माया’, दोहोरी ब्याटल लगायतका गीत लोकप्रिय भएकाले दोहोरीको सुटिङमा गाउँका अधिकांश व्यक्ति भेला भए । एक रातमै गीतको छायांकन सकियो । प्रकाशले ‘बोल माया’ पनि आफ्नै गाउँमा छायांकन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC