आज देशको पूर्वी भागमा हावाहुरीको सम्भावना, आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा बदली

 आज देशको पूर्वी भागमा हावाहुरीको सम्भावना, आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा बदली

काठमाडौं । आज दिउँसो  देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,  बाँकी भागहरुमा आंशिक वदली रहने र दिउँसो वा साँझपख देशका पूर्वी तथा मध्य  भूभागका केही र पश्चिमी पहाडी भूभागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको सो महाशाखाको पूर्वानुमान रहेको छ ।  साथै पूर्वी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।

आज राति देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने तथा  देशका   पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

भोलि सोमबार दिउँसो देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको जनाइएको छ । देशका पूर्वी तथा मध्य  भूभागका केही र पश्चिमी  भूभागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेको छ ।भोलि राति देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने जनाइएको छ ।  पूर्वी तथा मध्य  भूभागका केही र पश्चिमी  भूभागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । 

आउँदो मंगलबार दिउँसो  देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको जनाइएको छ ।  देशका पूर्वी तथा मध्य  भूभागका केही र पश्चिमी  भूभागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना औंल्याइएको छ ।

मंगलबार राति देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको तथा देशका पूर्वी तथा मध्य  भूभागका केही र पश्चिमी  भूभागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस
ad