खेल
काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी विमल घर्तीमगरको शानदार प्रदर्शनमा माल्दिभ्सको टिसी स्पोर्टस क्लबले च्यारिटी शिल्ड उपाधि जितेको छ । टिसीलाई सिजनको पहिलो उपाधि जिताउन राष्ट्रिय टोलीका सदस्य विमलको प्रदर्शन शानदार रह्यो । गएराति टिसीले फोकाइधुलाई ३–१ ले पराजित गर्दा विमलले २ गोल गरे । यसै सिजनबाट टिसीमा अनुबन्ध भएका विमलले ६९ औं मिनेटमा पहिलो गोल गरे ।
७७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गरेका विमलले टोलीको जित सुनिश्चित पारे । यसअघि टिसीलाई इब्राहिम आइसामले अग्रता दिलाएका थिए । फोकाइधुका लागि अलि शामिउले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ ०७:३१
प्रतिक्रिया दिनुहोस्