site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जन्मनेबित्तिकै एक वर्षको ! उमेरमा द्विविधा
Sarbottam CementSarbottam Cement

एजेन्सी । विदेशीहरुलाई आफ्नो उमेर बताउँदा दक्षिण कोरियाका नागरिकहरुले दुईवटा सङ्ख्या उल्लेख गर्ने गरेका छन्– अन्तर्राष्ट्रिय र राष्ट्रिय । अन्तर्राष्ट्रिय उमेर भनेको जन्मिएको मितिअनुसार विश्वभर अपनाइने गरिएको सामान्य उमेर प्रणाली हो भने राष्ट्रिय अर्थात कोरियन उमेरमा चाहिँ उनीहरु जन्मिएकै दिन एक वर्ष पूरा भएको मान्ने गर्छन् ।

अर्थात कोही १९९० जनवरीमा जन्मिएको छ भने ऊ कोरियामा तीस वर्षको हुन्छ । यति मात्र नभएर प्रत्येक नयाँ वर्षको दिन उनीहरुको उमेर थप एक वर्षले बढेको मानिन्छ । जस्तै सन् २०१८ को डिसेम्बरमा जन्मिएको बालक, २०१९ जनवरी १ मा दुईवर्ष पूरा हुन्छ । अधिकांश कोरियालीहरुले दैनिक जीवनमा यही उमेर प्रणालीको प्रयोग गर्ने गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा वर्षको अन्तिमतिर जन्मिएकाहरुको उमेर सबैभन्दा द्विविधापूर्ण हुने गरेको छ । जसकारण धेरैले त्यो समयमा बच्चा जन्माउन नचाहेको र आपत्कालीन अवस्थामा समेत महिलाहरु अर्को वर्षको सुरुवातसम्म पर्खिने अडान लिने गरेको चिकित्सकहरु बताउँछन् । त्यस्तै अर्कोतर्फ अन्तराष्ट्रिय मान्यता र कोरियाली उमेरबीच ठूलो भिन्नता हुने गर्दा यसले द्विविधा उत्पन्न गराउनुका साथै प्रशासनिक खर्च पनि बढाउने गरेको सांसद ह्वाङ जु होङ बताउँछन् जो यस प्रणालीलाई बदल्न समर्पित रहेका छन् । 

वास्तवमा यो प्रणालीमा बच्चाको उमेर आमाको गर्भदेखि नै गन्ती हुने गरेको छ जबकी हामीले बच्चाको जन्मपछि उसको उमेर शुन्यबाट सुरु गर्ने गरेका छौँ । यसरी यो परम्पराको उत्पति चीनबाट भएको हो र जापान, भियतनामलगायत विभिन्न एसियाली मुलुकहरुमा लागू हुन्थ्यो । तर अझैसम्म यसैको प्रयोग गरिरहनेमा दक्षिण कोरिया मात्र पर्दछ । चीनमा अहिले यसको अत्यन्तै कम प्रयोग हुने गरेको छ । यता जापानमा पनि १९५० देखि अन्तर्राष्ट्रिय प्रणाली अपनाउने कानुन ल्याइएको हो र परम्परागत प्रणालीको प्रयोग २० औँ शताब्दीदेखि प्रतिबन्ध लगाइएको छ । यता उत्तर कोरियाले समेत अन्तराष्ट्रिय उमेरलाई नै मान्यता दिन्छ तर मितीका लागि भने आफ्नो छुट्टै पात्रो प्रयोग गर्दछ ।

Global Ime bank

यसैले कोरियाको उमेर प्रणालीलाई विश्वकै सबैभन्दा असाधारण मानिन्छ र यसअघि पनि हजारौँ नागरिकहरुले लिखित पत्रमा हस्ताक्षर गरि सो प्रणाली हटाउन माग गरिसकेका छन् । यसैकारण ह्वाङले यसलाई हटाएर सधैँ अन्तराष्ट्रिय उमेर मात्र प्रयोग गर्ने सम्बन्धी कानुनी प्रस्ताव पेश गरेका छन् । विशेषगरी अन्तराष्ट्रिय परिवेशमा यसलाई अनौठो मानिने प्रति नागरिकहरुले पनि चिन्ता व्यक्त गर्ने गरेका छन् । जस्तै असोसिएट प्रेसले दक्षिण कोरियाबारे कुनैपनि समाचार लेख्नु अगाडि उनीहरुको उमेर नभएर पूरा जन्ममिति सोध्ने गरेको छ ।  सीएनएनबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC