site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीबीसी टिभीमा प्रधानमन्त्री ओलीः वातावरण जोगाउन नेपालले ठूलो योगदान गरेको छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणको क्रममा बीबीसी वर्ल्ड टिभीलाई अन्तर्वार्ता दिँदै सगरमाथामा आरोहीको जामले गर्दा समस्या भएको कुरा अस्वीकार गरेका छन् । उनलाई बीबीसीले सगरमाथा आरोहणका क्रममा देखिएका समस्या, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् चीनको ऋण र विकास निर्माणको क्रममा रुख काट्न दिइएको अनुमतिको प्रसंगमा अन्तर्वार्ता केन्द्रित थियो । अन्तर्वार्ता अघि बीबीसीमा कार्यरत नेपाली पत्रकार नवीनसिंह खड्काको सगरमाथा आरोहणसम्बन्धी एउटा रिपोर्टसमेत देखाइएको थियो । 

सगरमाथामा यो वर्ष सबैभन्दा धेरै ३८१ जनालाई आरोहणको अनुमति दिइएको प्रसंगमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले धेरैलाई अनुमति दिएको भन्ने कुरा हल्लामात्रै भएको बताए । धेरैलाई अनुमति दिएर सगरमाथामा समस्या आएको भन्नु प्रोपोगाण्डामात्रै भएको उनले दाबी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

३८१ जनालाई अनुमति दिइएकामा ६०० जनासम्म पुगेको र  ट्राफिक जाम भएको तथा आरोहीको मृत्युसमेत भएको कुरालाई प्रोपोगाण्डामात्रै भन्न नमिल्ने जनाउँदै प्रस्तोताले आरोहणको नीति  पुनर्विचार गर्ने सम्भावनाका बारेमा  प्रश्न सोधेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले पुनर्विचार गरिने बताउँदै ट्राफिक जाम लगायतका कुराले सगरमाथामा समस्या आएको भन्ने कुरालाई चाहिँ अस्वीकार गरेका थिए । लियाजो अफिसर (सम्पर्क अधिकृत) ६० जना खटाइएकोमा जम्मा ५ जनामात्रै जाने गरेको र त्यसले समस्या ल्याएको कुरा ध्यानाकर्षण गराइएकोमा प्रधानमन्त्रीले सो सम्बन्धमा ध्यान दिइने समेत जनाएका थिए । 

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् दिइने ऋणले श्रीलंकामा जस्तै समस्या ल्याउन सक्ने बारेमा प्रधानमन्त्रीलाई राखेको जिज्ञासामा प्रधानमन्त्रीले नेपाल राजनीतिक परिवर्तन टुंगो लगाएर विकासको काममा लागेको चर्चा गर्दै चीनको ऋण नेपालको प्राथमिकता र आवश्यकताअनुसार लिइने जनाएका थिए । नेपालले चीनको ऋण धान्न सक्ने र नेपालको  आवश्यकता अनुसार हुने तथा आफूहरुले त्यसको व्यवस्थापन गर्ने उनले स्पष्ट पारे । 

Global Ime bank

नेपालमा रेलमार्ग, फास्ट ट्रयाक सडक जस्ता पूर्वाधार निर्माण गर्दा लाखौं काट्न लागिएको र त्यसले वातावरण बिगार्ने सम्भावनातर्फ बीबीसीले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले काटिनेभन्दा बढी रुख रोपिने जनाउँदै नेपालको ४५ प्रतिशत भूभाग जंगलले ढाकिएको र वातावरणको कुरा गर्दा नेपालले त्यसलाई जोगाउन धेरै योगदान गरेको चर्चा गरे । विकासको काम गर्दा वातावरणमा पर्न सक्ने प्रभावका बारेमा आफूहरु सचेत रहेको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC