site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्मार्ट कृषि गाउँ : न पानी, न बत्ती !
Ghorahi CementGhorahi Cement

दाङ । प्रदेश न ५ को सरकारले बंगलाचुली गाउँपालिका ६ को रिभान गाउँलाई स्माट कृषि गाउँ घोषणा गरे पनि पानी र विद्युत विस्तार हुन नसक्दा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम प्रभावकारी रुपमा अघि बढन सकेको छैन । पानी र विद्युतको अभावमा कार्यक्रम अघि बढन नसक्दा कृषक नै चिन्तित छन । कृषकले बारीमा विरुवा रोप्नको लागि खाल्डा र टनेल निर्माण गरेका छन् । तर त्यो बाहेक अरु काम गर्न नसकेको स्थानी कृषकले बताएका छन् ।

बारीमा खाल्डा र टनेल निर्माण गरे पनि पानी र विद्युतको अभावमा काम अघि बढाउन समस्या भएको वडा अध्यक्ष वेदुलाल जिसीले बताए । "खाल्डा र टनेल निर्माणको काम भएको छ । तर पानी र विद्युतको अभावमा अरु काम अघि बढन सकेको छैन," वडाध्यक्ष जिसीले भने । उनका अनुसार सो गाउँमा पानी लैजानको लागि स्थानीय खोलाबाट लिप्ट गर्नु पर्छ । तर बत्ती अभावमा त्यो पनि पूरा हुन सकेको छैन । 

Agni Group

"बारीमा खाल्डा खनेपछि मकै रोप्न समेत समस्या भएको छ । स्मार्ट कृषि गाउँको कार्यक्रम पनि प्रभावकारी रुपमा अघि बढन सकेको छैन", स्मार्ट कृषि गाउँ समितिका अध्यक्ष खगुराम डाँगीले भने, "गाउँमा समस्या धेरै छ ।" उनका अनुसार विद्युत र पानीको लागि पटक-पटक गाउँपालिका, कृषि ज्ञान केन्द्र र नेपाल विद्युत प्राविधकरण कार्यालय घोराही शाखामा जानकारी गराए पनि काम हुन सकेको छैन ।

कार्यक्रम प्रभावकारी रुपमा अघि बढन नसक्दा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट समेत काम नभएर फर्किने अवस्था आएको वडा अध्यक्ष डाँगीले बताए । विनियोजन भएको बजेट काम नभएर फर्कने अवस्था आएपछि स्थानीय कृषक चिन्तामा छन् । उनीहरुले तत्तकाल काम पुरा गर्नको लागि स्थानीय सरकार, अन्य सरोकारवालसँग माग समेत गरेका छन् । 
केही सयमअघि स्थानीयले सामुदायिक वनको पैसाबाट विद्युतको टार्न्समिटर लगेका थिए । तर त्यो टार्न्समिटरसमेत अझैसम्म जडान हुन सकेको छैन । "बत्ती बाल्नको लागि स्थानीयले सामुदायिक वनको पैसाबाट विद्युतको टार्न्समिटर लैजाने काम भयो । तर अझैसम्म पनि विद्युत जडानको काम भएको छैन", वडा अध्यक्ष जिसीले भने, "अझैसम्म गाउँलेले घरमा बत्ती पाल्न पाएका छैनन ।" बत्ती नभएपछि पानी लिप्ट गरेर ल्याउन नसकेको उनले बताए ।

Global Ime bank

प्रदेश सरकारले कृषकको आयस्तर बढाउनको लागि जिल्लाका ६ गाउँमा स्मार्ट कृषि गाउँ घोषणा गरेर कार्यक्रम अघि बढाएको छ । सरकारले गढवा गाउँपालिका-२ का घ्रुसा, लमही नगरपालिका-९ को हर्दवा, बगलाचुली गाउँपालिका-६ को रिभान, घोराही उपमहानगरपालिका-१० को स्यानी गाउँ, तुलसीपुर उपमहानगरपालिका-१४ को लुहाडबरा-मटेरिया, शान्तिनगर गाउँपालिका-२ को बुढाडावर-दुवीचौर गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरेको छ । ५० लाख रुपैयाँ समेत छुट्याउने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC