site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपसमितिले टुंग्‍यायो सूचना प्रविधि विधेयक, कांग्रेस सांसदको असन्तुष्टि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उपसमितिले प्रतिवेदन तयार पारेको छ । सांसद बिना कुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले बुधबार प्रतिवेदनलाई पास गरेको हो ।

संसदको विकास तथा प्रविधि समितिले २०७५ साल चैत १८ गते गठित उपसमितिको १६ औं बैठकबाट प्रतिवेदन तयार पारेको हो । उपसमितिले पास गरेको प्रतिवेदन पूर्ण समितिमा पेश हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदनले सूचना प्रविधिको विकास र त्यसबाट आउन सक्ने जोखिम न्यूनीकरणमा सचेत हुने व्यवस्था मिलाएको संयोजक श्रेष्ठले बताइन् । उक्त प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिवेदनमा आफ्नो केही असहमित रहेको लामाले बताए पनि कुन-कुन बुँदा र व्यवस्थमा असहमति हो भन्नेबारे बैठकमा खुलाएनन् । विधेयकको ५५ वटा दफामा २७ सांसदले संसोधन प्रस्ताव हालेका थिए ।

Global Ime bank

अनिल झा, इन्दु शर्मा, केदार सिग्देल, राजेन्द्र लिङदेन, गौरीशंकर चौधरी, मिनाक्षी झा र प्रभु शाह सदस्य रहेको उपसमितिको बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दुईपटक सहभागी भएर सांसदहरुका राय, सुझाव सुनेका छन् ।

सामाजिक सञ्जाल दर्ता, समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाहीलगायतका विषय समेटिएको विधेयकको चर्को विरोध हुँदै आएको थियो । संयोजक श्रेष्ठले उपसमितिले तयार पारेको प्रतिवेदनले सबैका माग सम्बोधन गरेको बताएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC