site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कुन देशको इन्टरनेट स्पिड बढी ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । संसारका इन्टरनेट प्रयोगकर्ताहरु फाइभजी नेटवर्कको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अहिलेसम्म संसारभर फोरजी नेटवर्क चलिरहेको छ ।

इन्टरनेटको स्पिडको कुरा गर्दा, भिन्नभिन्न मुलुकमा यसको स्पिडमा अन्तर छ । हालै फोरजी हाईस्पिड इन्टरनेट उपलब्ध गराउने १० देशको नाममा भारतको नाम पनि परेको नवभारत टाइम्सले समाचार प्रकाशित गरेको छ । यसअघि भारत पछाडि पर्दै आएको थियो । भारत स्पिड इन्टरनेट उपलब्ध मुलुकको कति नम्बरमा पर्छ भन्नेचाहिँ नवभारतको समाचारमा खुलाइएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

हाईस्पिड इन्टरनेट उपलब्ध गराउने मुलुकमध्ये सबैभन्दा अगाडि दक्षिण कोरिया परेको छ । त्यहाँको फोरजी इन्टरनेटको उपलब्धता ९७.५ प्रतिशत छ । उपयोगकर्ताका लागि त्यहाँ ५२.४ एमबीपीएस डाउनलोड स्पिड उपलब्ध छ । 

फोरजी नेटवर्कको उपलब्धता जापानमा ९६.३ प्रतिशत रहेको छ । त्यहाँ उपयोगकर्ताका लागि ३३ एमबीपीएसको डाउनलोड स्पिड उपलब्ध छ । 

Global Ime bank

दक्षिण कोरियापछि इन्टरनेट स्पिडको मामिलामा दोस्रो स्थानमा नर्वे पर्न गएको छ । ४८.२ एमबीपीएस डाउनलोड स्पिड त्यहाँ उपलब्ध छ । फोरजी नेटवर्कको उपलब्धता भने ९५.५ प्रतिशत रहेको छ । हङकङको डाउनलोड इन्टरनेट स्पिड १६.७ छ भने फोरजी इन्टरनेटको उपलब्धता ९४.१ रहेको छ । 

नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC