सेयर बजारमा तीन अंकको गिरावट 

सेयर बजारमा तीन अंकको गिरावट 

काठमाडौं । साताको चौथो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन( नेप्से) परिसूचकमा ३ दशमलव ५० अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय  ७२ दशमलव ४८ पुगेको हो । 

नेप्से घटेको दिन बुधबार सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशमलव ३६ पुगेको छ । यसदिन बजारमा १ सय ७४ कम्पनीका १८ लाख ७१ हजार ८ सय ९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँमा कारोबार भए । 

आज बजारमा कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये तीन समूह उकालो लागे भने बाँकी नौ समूह ओरालो लागे । नेप्से घटेको दिन ट्रेन्डिङ समूह सर्वाधिक ११ दशमलव ७ अंकले उकालो लाग्यो भने निर्जीवन बीमा सर्वाधिक ६१ दशमलव ३४ अंकले ओरालो लाग्यो । 

सेयर बजार घटेको दिन बजारमा ग्लोबल आइएमई बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन बैंकको सेयर ७ करोड १२ लाख ६२ हजार २ सय २२ रुपैयाँमा कारोबार भएका छन् ।
  
नेप्से घटेको दिन साल्ट ट्रेन्डिङ कर्पोरेशन  कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी नेपाल हाइड्रो  डेभ्लोपर्सका लगानीकर्ताले  सर्वाधिक ७ दशमलव शुन्य ९  प्रतिशतले सेयर मूल्य गुमाए । 

प्रतिकृया दिनुहोस
ad