site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पश्चिम बंगालमा चुनावपछि हिंसा बढ्यो 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । पश्चिम बंगालमा चुनावपछि सुरु भएको हिंसा बढ्दै गएको छ । पछिल्ला पाँच दिनयता हिंसाका घटनामा परी कयौं मानिसहरुको मृत्यु भइसकेको छ । कयौं घाइते भएका छन् । हिंसामा परी मृत्यु भएका र घाइते हुनेमा राजनीतिक दलका कार्यकर्ताहरु रहेका छन् । 

हिंसाका बारेमा दलहरुबीच आरोपप्रत्यारोप पनि बढ्दै गएको छ । राज्यमा भइरहेको हिंसाका लागि तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई जिम्बेवार रहेको ठहर गरेको छ । पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता बनर्जीले चुनाबी फाइदाका लागि भाजपाले पश्चिम बंगालको माहौल बिगारी रहेको आरोप लगाइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उता भाजपाका नेताहरुले हिंसाको सहारा लिएर विधानसभा चुनाव जित्न नसकेपछि तृणमूल कांग्रेसले अहिले पनि हिंसा फैलाइरहेको दाबी गरेका छन् । वेस्ट बंगालमा तृणमूल कांग्रेसले २२ सीटमा मात्रै जितेको थियो भने भाजपाले आफ्नो सीट संख्या बढाएर १८ पुर्‍याएको थियो । 

मख्यमन्त्री ममता बनर्जीले आधिकारिक रूपमा अहिलेसम्म हिंसाका कारण १० जनाको मृत्यु भइसकेको बताएकी छिन् । तृणमूल कांग्रेस र भाजपाले हिंसामा परी मृत्यु भएकामध्ये बढी जसो कार्यकर्ताहरु आफ्नो दलसँग आवद्ध रहेको दाबी गरिरहेका छन् । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC