जारी विश्वकपमा वार्नरको पहिलो शतक

जारी विश्वकपमा वार्नरको पहिलो शतक

एजेन्सी । डेबिड वार्नरले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो शतक बनाएका छन् । एकवर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका वार्नरले पाकिस्तानविरुद्ध शतक बनाएका हुन् । 

उनले १ सय २ बलमा शतक पूरा गरे । योसँगै वार्नरको एकदिवसीय क्रिकेट करिअरमा शतक संख्या १५ पुगेको छ ।

विश्वकपमा अष्ट्रेलियाले चौथो खेल खेल्दा वार्नरले तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो खेलमा अफगानस्तानविरुद्ध सात विकेटको जित निकाल्दा उनी ८९ रनमा अविजित रहेका थिए । भारतविरुद्ध पराजित भए पनि वार्नरले ५६ रन बनाएका थिए ।

प्रतिकृया दिनुहोस
ad