site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गोदावरी राजधानी कपका उपाधि फारवेष्ट पशुपतिलाई 
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीको अत्तरियामा भएको प्रथम गोदावरी राजधानी कप खुला फुटबल प्रतियोगिताको उपाधि धनगढीको फारवेष्ट पशुपति युवा क्लबले जितेको छ ।

नेपालगञ्‍ज-११ लाई ३-१ ले पराजित गर्दै फारवेष्ट पशुपतिले उपाधि जितेको हो । पीएफए स्पोर्टस क्लबको आयोजनामा तेघरीस्थित वनदेवी युवा क्लबको मैदानमा १५ औं मिनेटमा फारवेष्ट अग्रता लिएको थियो । डिबक्सभित्र पाएको बल गोलरक्षक प्रितम खड्काले रोक्ने प्रयास गरेपनि उनलाई विट गर्दै फारवेष्ट पशुपतिका कुवेर सिंहले गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १-० ले अगाडी रहेको फारवेष्टले दुइ गोल गरेको हो ।

६३ औं मिनेटमा फारवेष्टका विक्रम सिंहले वान भर्सेस वानको अवस्थामा गोल गर्न खोज्दा गोलरक्षक प्रितम खड्काले बचाउने प्रयास गरे । तर खड्का विट भएपछि डिबक्सभित्रको वललाई सिंहले आकर्षक रुपमा गोलपोष्टको दिशा दिएका थिए । 

Global Ime bank

नेपालगञ्‍ज–११ ले ७३ औं मिनेटमा एक गोल फर्काएका थियो । फारवेष्टका गोलरक्षक सुजित जिसिले रोकेर फर्केको वललाई नेपालगंजका विनोद केसीले गोलपोष्टको दिशा दिएका थिए । खेल सकिन केही सेकेण्ड बाँकी रहँदा फारवेष्टका लागि विक्रम सिंहले व्यक्तीगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

उनी फाईनल खेलको म्यान अफ द म्याच भए । प्रथम गोदावरी राजधानी कप  फुटबल प्रतियोगिताको विजेता भएसँगै फारवेष्ट पशुपति नगद चार लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता नेपालगञ्‍ज-११ ले दुई लाख पुरस्कार पायो । 

प्रतियोगिताका सवै विधामा फारवेष्ट पशुपतिको बर्चोश्व रह्यो । उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक घोषित सुजितले २५ हजार तथा उत्कृष्ट गोलरक्षक वापत १५ हजार रुपैयाँ पुरस्कार पाए । फारवेष्टकै प्रविन सुनार उत्कृष्ट रक्षक, किरण बोहोरा उत्कृष्ट मिडफिल्डर र विक्रम सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार पुरस्कार पाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC